शहीदका सपना पूरा गर्न माओवादी प्रतिबद्ध छ : पूर्व मुख्यमन्त्री शाही
कर्णाली प्रदेशका संस्थापक मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश प्राप्तिको आन्दोलनका क्रममा शहीद भएका व्यक्तिहरुको सपना पूरा गर्नका लागि नेकपा माओवादी प्रतिबद्ध रहेको बताएका छन् । प्रदेश स्थापना दिवस तथा सहिद दिवस–०७९ को अवसरमा शुभकामना सन्देश दिँदै उनले आन्दोलनका क्रममा व्यक्त भएको उत्साह र सपना पूरा गर्न माओवादी केन्द्र प्रतिबद्धताका साथ लागिरहेको बताएका हुन्।
‘भौगोलिक विकटता, आर्थिक विपन्नता, सामाजिक पछौटेपन र भौगोलिक विकासमा पछाडि रहेको कर्णालीलाई तीव्र सामाजिक, आर्थिक र भौतिक विकास गरि अघि ल्याउन माओवादी अग्रसर छ,’उनले भने,‘ हाम्रो दलको अभियानका सबै तह र तप्काको सहयोगका लागि आह्वान गर्दछु ।’ पूर्व मुख्यमन्त्री शाहीले कर्णालीबासीले आफ्नो प्रदेश प्राप्तिका लागि वलिदानीपूर्ण संघर्ष गर्नुपरेको बताए ।
उनले हालको कर्णाली र सुदूरपश्चिम प्रदेशलाई एउटै प्रदेश कायम गरिएको विरोध तथा प्रदेश बासीका लागि छुट्टै प्रदेश स्थापना गरिनुपर्ने मागसहित १३ दिनसम्म चलेको जनआन्दोलन र ४ जना शहीदहरुको बलिदानी पश्चात नै कर्णाली प्रदेश स्थापना भएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङको स्याङ र मार्फा खोलामा नदी उकास घटाइँदै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण