'शान्ति प्रक्रियाको नेपाली मोडल सफल होस्'
संयुक्त राष्ट्र संघका आवासीय संयोजक रिचर्ड होवर्डसहित अमेरिका, वेलायत, अस्ट्रेलिया, स्विस तथा युरोपेली युनियनका राजदूतहरुको संयुक्त प्रतिनिधिमण्डलले आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको छ ।
भेटका क्रममा उनीहरुले नेपालको शान्ति प्रक्रिया टुंगोमा पुग्दै गरेकोमा आफूहरुको सकारात्मक सहयोग र सद्भाव रहने प्रतिवद्धता जनाएका छन् । नेपालको शान्ति प्रक्रिया नेपालीले नै नेतृत्व गरेको र यो मौलिक प्रकृतिको रहेको पनि उनीहरुको भनाइ थियो । साथै भेटमा उनीहरुले गम्भीर मानव अधिकार उलंघनका घटना र पीडितहरूको पुनरावेदनको अधिकारका बारेमा पनि चासो राखेका थिए ।
प्रचण्डले नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय समुदायको सकारात्मक योगदानको चर्चा गर्दै शान्ति प्रक्रिया टुंगोमा पुग्दै गर्दा उनीहरुले देखाएको सामूहिक शुभेच्छा र चासोप्रति आफू सकारात्मक रहेको बताए ।
विस्तृत शान्ति सम्झौता र संक्रमणकालीन न्यायका संवेदनशीलता प्रति राजनीतिक तहमा गम्भीर छलफल भएको भन्दै उनले सर्वोच्च अदालतको आदेश, पीडितको आवाज र अन्तर्राष्ट्रिय चासोलाई ध्यान दिएर यो प्रक्रियालाई टुंगोमा पुर्याइने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
काठमाडौं महानगरको १९औँ नगरसभा सम्पन्न, संशोधन विधेयक र वार्षिक प्रतिवेदन पारित
-
मेस्सीसँग गोल सङ्ख्या बराबर भए पनि एम्बाप्पे नै गोल्डेन बुटको दौडमा अगाडि
-
मोरोक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा, एम्बाप्पे र डेम्बेलेको गोल
-
एम्बाप्पे घाइते हुँदै मैदानबाट बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण