कर्णालीका मुख्यमन्त्रीले नियुक्त गरे समन्वय विज्ञ सल्लाहकार
आइतबार, ०५ भदौ २०७९, १९ : ५८
कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले जिम्मेवारी सम्हालेको १० महिनापछि समन्वय विज्ञ सल्लाहकार नियुक्त गरेका छन् । मुख्यमन्त्री शाहीकै गृह जिल्ला हुम्लाकी याङजुङ्ग डोल्मा लामालाई मुख्यमन्त्रीको विज्ञ सल्लाहकारको रुपमा नियुक्त गरिएको हो ।
भदौ १ गते बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्रीको काममा सहयोग पु¥याउनका लागि भन्दै समन्वय विज्ञको रुपमा लामालाई नियुक्त गरिएको हो । लामा सिमिकोट गाउँपालिका–३ निवासी हुन् ।
०७८ माघ ३ गते मुख्यमन्त्री शाहीले पत्रकार सम्मेलनमा भने आफू सल्लाहकार राख्ने पक्षमा नरहेको बताएका थिए । आर्थिक भार हुने भएकाले सल्लाहकार नराखेको उनको भनाइ थियो । यद्यपि, मंसिर ४ का लागि निर्वाचन घोषणा भइसकेको अवस्थामा भने उनले सल्लाहकार नियुक्त गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
-
१० बजे १० समाचार : एमालेमा देखिएन ओलीको पक्षमा माहोल, कांग्रेसमा सक्रिय भयो देउवा समूह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण