नागरिक उन्मुक्ति पार्टीले ४ सय स्थानमा उम्मेदवार उठाउने
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले दुबै तहमा गरी ४ सय स्थानमा उम्मेदवार खडा गर्ने भएको छ ।
हालसम्म प्रतिनिधि सभाका १५० र प्रदेश सभाका २५० क्षेत्र गरी ४ सय उम्मेदवार तय भएको रेशम चौधरीले जानकारी दिए । अहिले आफूलाई भेट्न आउने करिब ४० प्रतिशतले टिकट माग्ने गरेको बताउँदै उनले भने, ‘स्थानीय चुनावमा टिकट लिनोस भनेर हात जोड विन्ती गर्दा पनि उम्मेदवार पाउन गाह्रो थियो, अहिले टिकट कसलाई पो दिने भन्ने गाह्रो अवस्था आएको छ ।’
नागरिक उन्मुक्ति पार्टीले हालसम्म ४१ जिल्लामा उम्मेदवारी दिने तय भैसकेको जानकारी पनि रेशम चौधरीले दिए । तराईसँगै पहाडमा समेत पार्टी उक्लिन थालेको छ । काठमाडौं, ललितपुरबाट समेत उम्मेदवार उठाउने तय गरिएको छ ।
उम्मेदवारी दिने अन्य जिल्लामा कञ्चनपुर, कैलाली, बाँके, बर्दिया, सुर्खेत, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपुर, परासी, चितवन, बारा, पर्सा, रौतहट, सप्तरी, सर्लाही, महोत्तरी, सिन्धुली, सिरहा, सुनसरी, मोरङ जिल्ला रहेका छन् । त्यस्तै, अछाम, बझाङ, बाजुरा, डडेल्धुरा, दैलेख, दार्चुला, डोटी, हुम्ला, जाजरकोट, झापा, जुम्ला, कालिकोट, मुगु, रामेछाप, उदयपुर, काभ्रे, दोलखा र नुवाकोट पनि छन् । पार्टी संगठन विस्तारकै क्रममा रहेकाले उम्मेदवार हुन सक्ने जिल्ला अझ थपिन सक्ने रेशम चौधरीको भनाइ छ ।
हालसम्म कैलाली–१ बाट नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रन्जिता चौधरी उम्मेदवार हुने तय भए पनि अन्य क्षेत्रको उम्मेदवारी तय गर्न प्रमुख दलहरुको उम्मेदवारको अवस्था हेरेर निर्क्यौल गरिने पार्टीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा सभामुखको बोली चिप्लिएपछि ...
-
१२ बजे १२ समाचारः करका दर हेरफेरमा अर्थमन्त्रीको स्पष्टीकरण, रास्वपा कर्णाली नेतृत्वका रस्साकस्सी
-
फेदीवन जङ्गलमा ८ थान इजाजत नभएका बन्दुक भेटियो
-
कांग्रेसको क्रियाशील सदस्यता ४ लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे
-
‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण