रुपन्देहीमा बन्दको आंशिक प्रभाव
रुपन्देहीमा आज बन्दको प्रभाव आंशिक परेको छ । पसल तथा विद्यालय बन्द रहेका छन् भने सार्वजनिक सवारी सधान पनि चलेका छैनन् ।
बुटवलको बसपार्कबाट बसहरू नछुटेको प्रहरीले जनाएको छ । पूर्वपश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गमा ठुला सवारी सधान चलेका छैनन् । केही मोटर साइकल, तरकारी, दूधका गाडी चलेका छन् । बुटवलका भित्र सडकमा केही पसलहरू खुले पनि अधिकांश बन्द रहेका छन् । सामान्य रूपमा मोटरसाईकल ,अटो रिक्सा सडकमा गुडेका देखिन्छ । अहिलेसम्म बुटवल भैरहवामा कतै बन्दकर्ता भने देखिएका छैनन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही प्रमुख रवीन्द्र रेग्मीले अहिलेसम्म रुपन्देहीमा कुनै अप्रिय घटना भएको रातोपाटीलाई बताए । चार क्रान्तिकारी कम्युनिस्ट पाटीले नेपाल बन्दको घोषणा गरेका हुन् । विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेकपा माओवादी समाजवादीले संयुक्त विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका हुन् ।
तीन बुँदे राजनीतिक सहमतिका विपरीत पार्टीका नेतालाई पक्राउ पुर्जी जारी गरिएको, एमसीसी, भ्रष्टाचार,महँगीका विरुद्ध देशैभर बन्दको आह्वान गरिएको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण