बीमा रकम कुम्ल्याउन बन्दको नाममा टिपरमा आगजनी
दाङ केहीदिन देखि घोराही उपमहानगरपालिका वठा नं. ४ गोग्ली ग्यारेजमा थन्किएर बसेको रा १ ख १६९४ नम्बरको टिपर मंगलबार बिहानै ग्यारेजदेखि बाहिर निस्क्यो । बिहान करिब ४ बजे टिपर चालक राप्ती गाउँपालिका–८ पिपरीका अरुण चौधरी र उनका सहचालक गढवा – ७ आकाश चौधरीले टिपर लिएर हिँडे । ग्यारेजबाट टिपर हिँडेको केही समयमा नै बन्दकर्ताले त्यसमाथि आगजनी गरे भन्ने समाचार फैलियो । घटनाबारे प्रहरी कहाँ खबर पुग्दा टिपर जलेर खरानी भइसकेको थियो ।
जब प्रहरीले घटनाबारे अनुसन्धान सुरु ग¥यो, घटनाको अर्को पाटो खुल्यो । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राजन गौतमले भने, ‘प्रहरीले घटनाको अनुसन्धान गर्दै जाँदा बन्दकर्ताले नभएर चालक र सहचालक आफैले टिपरमा आगो लगाएको खुलेको छ ।
गौतमका अनुसार केही दिनदेखि ग्यारेजमा रहेको टिपर बन्दको दिन एकाएक निस्किनु र आगजनीमा पर्नुले प्रहरीलाई घटनामा सुरुमा नै शङ्कास्पद लाग्यो । घटनास्थलबाट चालक र सहचालकलाई पक्राउ गरी आवश्यक सोधखोज गर्दा घटनाको रहस्य खुलेको उनले जानकारी दिए । घटनामा टिपरधनी धनेश्वर भण्डारीलाई पनि प्रहरीले अनुसन्धानको घेरामा राखेको छ ।
‘आगजनीमा परेको टिपर करिब ४ वर्ष पुरानो हो । जसले दाङमा सञ्चालित सिमेन्ट उद्योगहरूको चुन ढुुङ्गा ढुवानी गर्ने काम गर्थ्यो । केही समयदेखि टिपर ग्यारेजमा थियो । गौतमले भने, ‘यसमा बीमा रकम कुम्ल्याउने दाउ देखिन्छ ।’
यता टिपर आगजनीको घटनालाई लिएर प्रहरीले बिहानदेखि बन्दकर्ताहरू पक्राउ गरेको थियो । करिव १० जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ । तर बन्दका दिन एकाबिहानै टिपर आगजनीमा नेपाल कम्युनिस्ट पार्टीको संलग्नता नभएको नेकपा दाङका सेक्रेटरी प्रदीपको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण