भारत निर्यात हुन नसकेपछि नेपालगञ्जमै थन्कियो जडीबुटी
भारतीय प्लान्ट क्वारेन्टाइनको सूचीमा नेपाली जडीबुटी नसमेटिँदा बाँकेको नेपालगञ्जमै जडीबुटी थन्किएको छ । भारत निर्यात हुन नसकेपछि करिब दुई हजार टन जडीबुटी नेपालगञ्जस्थित जडीबुटी व्यवसायी सङ्घमै थन्किएको हो । बाँकेमा जडीबुटी सम्बन्धी १२ उद्योग छन् ।
कारोबार नहुँदा उक्त जडीबुटी कुहिने अवस्थामा पुगेको व्यवसायी रवीन्द्रनाथ शुक्लाले बताए । उनले आफ्नो रु एक करोड मूल्यबराबरको उत्पादन थन्किएको बताए । नेपाल जडीबुटी सङ्घ बाँकेले गत वर्ष पाँच हजार टन जडीबुटी निर्यात गरेको थियो । यस वर्ष हालसम्म दुई हजार टन मात्र जडीबुटी निर्यात भएको छ । नेपालका विभिन्न जिल्लामा सङ्कलन गरिएको ३० प्रकारको जडीबुटी बाँके ल्याउने गरिएको छ ।
सरकारले जडीबुटी निर्यातमा सहजीकरण नगरेको सङ्घका अध्यक्ष टङ्कप्रसाद शर्माको आरोप छ । सरकारले जडीबुटी खेतीतर्फ ध्यान दिने हो भने लक्षित वर्गका किसानले रोजगारी पनि पाउने र जडीबुटी पनि आफ्नै देशमा उत्पादन गर्न सकिने उनको भनाइ छ । भारतीय भन्सारमा निर्यातमा समस्या, भारतको क्वारेन्टाइनमा नेपालका जडीबुटी सूचीकृत नहुनुलगायत कारणले निर्यातमा कमी आएको शर्माले बताए ।
भारतको प्लान क्वारेन्टाइनसँग समन्वय गरेर नेपालका जडीबुटी भारतको क्वारेन्टाइनमा सूचीकृत गराउन सके निर्यातमा समस्या नहुने उनको भनाइ छ । जडीबुटी व्यवसायी सकिल अहमद जसगढले सरकारले निर्यातमा समवन्य नगर्दा निर्यातमा समस्या झेल्नुपरेको बताए । “धेरै समय मौज्दात राख्दा जडीबुटीको गुणस्तरमा ह्रास आउँछ, मूल्यमा घटबढ हुन्छ”, उनले बताए । बाँकेमा एक सय १२ हेक्टर जमीनमा जडीबुटी खेती गरिएको छ । यसै वर्षदेखि यहाँ कुरिलो खेतीको सुरुआत गरिएको छ ।
नेपाल जडीबुटी व्यवसायी सङ्घका पूर्वअध्यक्ष मोहम्मद याकुव अन्सारीका अनुसार सरकारी नीति फितलो हुँदा जडीबुटी खेती फस्टाउन सकेको छैन । केन्द्रले जडीबुटी खेतीको संरक्षण र प्रवद्र्वन, जडीबुटीको विकास, वनस्पति संरक्षण एवं उद्यम विकास, वनस्पति अध्ययन–अनुसन्धान तथा बजारीकरण सम्बन्धी कार्ययोजनाअनुसार आफ्नो भूमिकालाई अघि नबढाएको उहाँको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण