रूपन्देहीमा २८ जना मिटरब्याजपीडितले दिए उजुरी
रुपन्देहीमा मिटरब्याजबाट पीडित भएका २८ जनाले उजुरी हालेका छन् । रुपन्देहीको जिल्ला प्रशासन कार्यालयमा उनीहरुले उजुरी दिएका हुन् । सरकारले गत साउन २७ गते मिटरब्याज अपराध नियन्त्रणको लागि कार्यदल गठन गरेको थियो ।
डा. भीष्मकुमार भूसाल नेतृत्वको कार्यदल गठनपछि साउन २८ गते नै गृह मन्त्रालयले सूचना निकालेर भदौ ५ गतेभित्र मिटरब्याज पीडितहरुलाई उजुरी दिन आग्रह गरेको थियो । सोहीअनुसार रुपन्देहीमा पनि २८ जना मिटरब्याज पीडितहरुले उजुरी दिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिए ।
मिटरब्याज पीडितले दिएको उजुरीबारे के कसरी अनुसन्धान तथा कारवाही अघि बढाउने भन्नेबारे भने गृहप्रशासनले कुनै निर्देशन दिइसकेको छैन । उक्त कार्यदलले कार्यविधि बनाएर परिपत्र गरेपछि मिटरब्याज पीडितका उजुरीउपर छानबिन हुने पाण्डेले बताए । भदौ ५ गतेपछि भने उजुरी लिएर कोहीपनि जिल्ला प्रशासन कार्यालय नआएको उनले बताए ।
यसअघि नवलपरासी पश्चिमका सुस्ता र प्रतापपुरका मिटरब्याज पीडितले काठमाडौंको माइतीघरमा दिनहुँ धर्ना दिन थालेपछि सरकारले कार्यदल गठन गरेर मिटरब्याज पीडितका समस्या अध्ययन गर्न लागेको हो । सरकारले उनीहरुसँग छलफल पनि गरेको थियो । देशभर मिटरब्याज पीडित र पीडकको खोजी गर्न सरकारले कार्यदल गठन गरेर काम अघि बढाएको हो ।
आर्थिक रुपमा अप्ठेरोमा परेका सोझा ब्यक्तिलाई मिटरब्याजमा लगाउनेहरुले उनीहरुको सम्पत्ति आफ्नो नाममा पास गराएर पैसा लगानी गरी चर्को ब्याज असुल्ने र पैसा तिर्न नसके सम्पत्ति नै हडप्ने गरेको देशव्यापी समस्या देखिएपछि सकारले यसलाई आर्थिक अपराधको रुपमा लिइ नियन्त्रणको प्रयास थालेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण