कालिकोटमा चार दिनदेखि विद्युत् अवरुद्ध
कालीकोट जिल्लामा चार दिनदेखि विद्युत् अवरुद्ध भएको छ। आइतबारदेखि गएको विद्युत् सेवा आजसम्म आउन सकेको छैन । विद्युत् सेवा अवरुद्ध हुँदा यहाँका नागरिक, सरकारी कार्यालय, सेवाग्राही र सञ्चारमाध्यमले सास्ती खेप्नुपरेको छ ।
दैलेखको आठबिस नगरपालिकाकामा माथिल्लो कर्णाली जलविद्युत् परियोजना निर्माणका लागि कालिका सामुदायिक वन र सल्लेरी सामुदायिक वनमा रुख कटान गर्दा १४ पोलमा क्षति भएकाले विद्युत् सेवा अवरुद्ध भएको कालीकोट वितरण केन्द्रका प्रमुख नारायणप्रसाद पौडेलले जानकारी दिए । उनले भने, “विद्युत् सेवालाई सुचारु गर्न रुखले पु¥याएको क्षति र तारमा आएको समस्याले निकै कठिन भइरहेको छ ।”
जिल्लामा गत आर्थिक वर्ष दैलेखको दुल्लु हुँदै कालीकोट विद्युत्को राष्ट्रिय प्रसारण लाइन पुगेको थियो । विद्युत् सेवा अवरोध हुँदा सबैभन्दा बढी सामुदायिक रेडियोहरु मारमा परेको छ । सामुदायिक रेडियोहरूले आफ्नो प्रसारण समयसमेत कटौती गर्नुपरेको रेडियो नयाँ कर्णालीका स्टेशन म्यानेजर भरतराज विष्टले बताए ।
“वैकल्पिक रूपमा हामीले सौर्य ऊर्जाको प्रयोग गर्दै आएका थियौँ । बर्षातका कारणले घाम नलाग्ने भएकाले त्यो माध्यममा समस्या आएको छ ।” उनले भने, “विद्युत् नहुँदा दैनिक १६ घण्टा प्रसारण हुने रेडियोलाई १० घण्टामा सीमित गरेका छौँ ।” विद्युत् सेवा अवरुद्ध हुँदा बैकिङ सेवा र सरकारी कार्यालयमा समस्या सेवा लिन आउने सेवाग्राही पनि मर्कामा परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
-
१० बजे १० समाचार : एमालेमा देखिएन ओलीको पक्षमा माहोल, कांग्रेसमा सक्रिय भयो देउवा समूह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण