कृष्णा अभिषेकले ‘द कपिल शर्मा शो’ छोडेपछि रिसाए हास्यकलाकार : भने, ‘के गर्छौ ? बी–सी ग्रेड फिल्म ?’
जबदेखि हास्यकलाकार कृष्णा अभिषेक ‘द कपिल शर्मा’ को नयाँ सिजन नदेखिने खबर सार्वजनिक भएको छ, सबैजना अचम्मित भएका छन् । भारतीय हास्यकलाकार सुनिल पाललाई पनि कृष्णा अभिषेकको यो निर्णय मन परेन । कृष्णाले यति ठूलो शो किन छोडे भनेर सुनिल पालले बुझ्न सकेनन् त्यसैले उनले कृष्णामाथि कटाक्ष गरेका छन् ।
सुनिल पालले के भने ?
सुनिल पालले इन्स्टामा एउटा भिडियो सेयर गरेका छन् जसमा उनले कृष्णा अभिषेकको एग्जिटमाथि प्रतिक्रिया दिएका छन् । सुनिल पाल भिडियोमा भन्छन्, ‘कपिल शर्मा शोबाट कृष्णा अभिषेक बाहिरिएको भन्ने खबर सुनेको छु । मानिसहरुले किन यस्तो गर्छन् ? कपिल शर्मा शो निकै राम्रो चलिरहेको छ । तपाईंले राम्रो काम पाइरहनुभएको छ । पैसा पनि बाहिरभन्दा सय गुणा बढी पाइन्छ । बाहिर गएर के गर्ने ? त्यति सानो तिनो सिरियल ? यता उताका केही बी–सी ग्रेडका फिल्म ?’
‘यिनीहरुलाई के हुन्छ ? कपिल शर्माले मञ्च दिए, नाम दिए, पैसा दिए र मानिसहरुले उनैलाई छोडेर जान्छन् । उसको त के नै बिग्रन्छ र ? उनी दिनदिनै अघि बढिरहेका छन् । असाध्यै नाम र पैसा कमाइरहेका छन् । अल द बेस्ट, जाऊ, बाहिर जाउ, के गरेर देखाउन सक्छौ देखाउ ।’
सुनिल पालको यस्तो प्रतिक्रियामा हालसम्म कृष्णा अभिषेकको कुनै प्रतिक्रिया आएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण