च्याउँ खेतीबाट मनग्य आम्दानी
सुर्खेतको वीरेन्द्रनगरपालिका–१० चौखेढुङ्गाका इमानसिंह बस्नेतले १२ वर्षअघि एक कोठामा च्याउँ खेती गरे । आफू खानाका लागि च्याउँ खेती सुरु गरेका उनले अहिले सात टनेलमा व्यावसायिक सो खेती गरेका छन् ।
विगत १२ वर्षअघि विदेश जाने सपना देखेर दुबईको भिसा लगाएका उनले विदेशमा गर्ने दुःख आफ्नै देशमा गरे राम्रो आम्दानी गर्न सकिन्छ भनेर च्याउँखेती सुरु गरेका हुन् । उनले अहिले मासिक एक लाख ५० हजारसम्म आम्दानी गर्ने गरेको बताए । युवा स्वरोजगार कार्यक्रमबाट ५० हजार ऋण लिएर पाँच वटा टनेल निर्माण गरी व्यावसायिक च्याउँखेती गरेका उनले अहिले सात जना युवालाई रोजगारी दिएका छन् ।
पाँच टनेलमा उत्पादन भएको च्याउँले बजारको माग पुरा गर्न नसकेपछि दुई वटा थपेर सात वटा टनेल बाट अहिले उत्पादन भइरहेको छ । उनले यो खेतीमा लगभग ६५ लाख रुपैयाँ लगानी भएको बताए । उनले भने, “दैनिक ३५ किलो देखि ५० किलोसम्म उत्पादन हुन्छ ।”
यो खेतीबाट पाँच जनाको परिवारको खर्च धानेको उनले बताए । छोराछोरीको पठनपाठन र घरखर्चमा यसबाट मद्दत पुगेको उनको भनाइ छ । अरु पेशा भन्दा धेरै जोखिम च्याऊखेतीमा भएको उनको अनुभव छ । उनले भने, “लगानी एकैपटक हुन्छ र बिक्री पनि एकै पटक गर्नुपर्छ, यसलाई टिपेर राख्न नमिल्ने भएकोले जोखिम अलि बढी र आम्दानी पनि बढी नै छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
-
१० बजे १० समाचार : एमालेमा देखिएन ओलीको पक्षमा माहोल, कांग्रेसमा सक्रिय भयो देउवा समूह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण