एकीकृत समाजवादी सीमान्तकृत जनताको अभिभावक हो : मन्त्री चौधरी
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले एकीकृत समाजवादी सीमान्तकृत जनताको अभिभावक भएको बताएका छन् ।
शनिबार लालमटियामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, ‘नेताहरु जनताबाट निर्वाचित हुने तर निर्वाचनपछि जनता बिर्सिने गरेकाले जनता वाक्क भएका छन् । जुन जोगी आएपनि कानै चिरेका जनताले त्यसै भनेका होइनन् । गणतन्त्रका लागि लडेका नेताहरुमा समेत यस्तो प्रवृत्ति देखिनु दुर्भाग्यपूर्ण हो ।’
नेता भइसकेपछि जनताका सुख दुःखबाट टाढा हुन नहुने धारणा राख्दै सहरी मन्त्री चौधरीले भने, ‘देश जोगाउने सन्दर्भमा, व्यवस्था परिवर्तन गर्ने सन्दर्भमा, क्रान्तिकारी आन्दोलनको नेतृत्व गर्ने बेला ठुलो कुर्बानी गरेका सीमान्तकृत जनतालाई झनै बेवास्ता गरिएको छ । हाम्रो पार्टी सीमान्तकृत जनताको बलमै निर्माण भएको हो । तपाईँहरुका समस्या समाधान गर्ने पार्टी पनि हाम्रै पार्टी हो । हाम्रो पार्टी नै तपाईंहरुको अभिभावक हो ।’
विभिन्न कार्यक्रममा सहभागी हुन गृह जिल्ला दाङ आइपुगेका मन्त्री चौधरीले जनतालाई सचेत हुन समेत आग्रह गरेका छन् । उक्त कार्यक्रममा देवी कुमाल, कवेली कुमाल, श्यामी दमाई, पार्वती नेपाली, गोकर्ण नेपाली, अमर बहादुर बुढाथोकी, अमृता कुमाल, राधा कुमाल, पुष्पा रोका, विना कुमाल, सन्तोषी कुमाल, बिमला कुमाल, देब नेपाली लगायत दुई दर्जन बढी समाजवादी प्रवेश गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण