पाकिस्तानमा डुंगा पल्टिदा ७ जनाको मृत्यु, १३ जना बेपत्ता
मङ्गलबार, १४ भदौ २०७९, ०६ : ४४
पाकिस्तानमा डुंगा पल्टिदा महिला र बालबालिकासहित ७ जनाको मृत्यु भएको छ । दक्षिणी सिन्ध प्रान्तमा भएको उक्त दुर्घटनामा अन्य १३ जना बेपत्ता भएका छन् ।
उक्त डुंगा सिन्धु नदी हुँदै प्रान्तको सेहवान सरिफ क्षेत्रमा पल्टिएको थियो । डुंगामा करिब दुई दर्जन यात्रु सवार रहेको प्राप्त विवरणहरूमा जनाइएको छ । उद्धारकर्ताहरूले ७ जनाको शव फेला पारेका थिए । नदीमा बेपत्ता भएकाहरुको खोजी भइरहेछ ।
यसैबीच, पाकिस्तानमा पछिल्लो समयमा आएको बाढीले लाखौँ मानिस विस्थापित भएका छन् । बाढीपछि सरकारले आपत्काल घोषणा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण