चन्द्रमामा पठाउने भनिएको रकेट प्रक्षेपण स्थगित
मङ्गलबार, १४ भदौ २०७९, ०८ : २०
अमेरिकी अन्तरिक्ष निकाय नासाले चन्द्रमासम्म पुग्ने एउटा विशाल रकेट प्रक्षेपण तयारी अन्तिम समयमा स्थगित गरेको छ । आर एस–२५ इन्जिनमध्ये एउटामा तापक्रम समस्या देखिएपछि रकेट प्रक्षेपण स्थागित भएको नासाले जनाएको छ । उसले शुक्रबार अर्को प्रक्षेपण गर्न सक्ने जनाइएको छ ।
आर्टमिस नाम दिइएको यस कार्यक्रमले मानवलाई पुनः चन्द्रमामा पु¥याउने लक्ष्य लिएको छ । स्पेस लन्च सिस्टम एसएलएस नाम राखिएको उक्त रकेट नासाले विकास गरेको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली रकेट हो ।
केनेडी अन्तरिक्ष केन्द्रबाट स्थानीय समयअनुसार ८ बजेर ३३ मिनेटमा उक्त रकेट उडाउने तयारी थियो । तर, प्रविधिक समस्याका कारण प्रक्षेपण स्थगित गरिएको नासाले घोषणा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण