मधेस प्रदेशमा सशस्त्र प्रहरीद्वारा करोडौंको अवैध सामान बरामद
मधेस प्रदेशमा सशस्त्र प्रहरीको टोलीले मात्र एक महिनाको अवधिमा करोडौंको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख डीआईजी गणेश ठाडा मगरको बिशेष निर्देशनमा आठवटै जिल्लाबाट छुट्टाछुट्टै गस्ती टोलीले करोडौंको अवैध सामान बरामद गरेको हो।
गत साउन मसान्तमा ४ करोड ५२ लाख, ४३५ रुपैया बराबरको भारत बाट अवैधरूपमा भित्र्याइएको कपडा, किराना, हार्डवेयर लगायत सामान बरामद गरि आवश्यक कार्वाहीको लागि संबन्धित निकायको जिम्मा लगाइएको डीआईजी मगरले रातोपाटीलाई जानकारी दिए । त्यसैगरी १ करोड ८४ लाख, ६५ हजार बराबरको तस्करी लगायत विभिन्न अवैध काममा प्रयोग भएको ६७ थान सवारीसाधन सशस्त्र प्रहरीले बरामद गरेको छ ।
स्रोत नखुलेको १७ लाख,८२५ रुपैया बरामद गर्नुका साथै विभिन्न गैरकानुनी काममा लागेका १९ जनालाई पक्राउ गरि कानुनी कार्वाहीको दायरामा ल्याएको सशस्त्र प्रहरी नेपाल छिनमस्ता बाहिनी बर्दिबासले जनाएको छ । त्यस्तै ६ लाख ६१ हजारको चौपाया,८ लाख १६ हजार बराबरको अवैध काठ,बरामद गर्नुका साथै ५५ सय थान विभिन्न प्रकारको लागुऔषध,७६० किलोग्राम गांजा बरामद गरेको छ ।
साउन मसान्तमा ५ जना चेलीबेटी उद्वार,८६ पटक संयुक्त गस्ती,९ पटक समकक्षी बैठक र १८ पटक लिंक गस्ती भएको सशस्त्र प्रहरी मधेस प्रदेश कार्यालय बर्दिबासले जनाएको छ । सशस्त्र प्रहरीको सक्रियताले विगतको भन्दा तस्करी कम हुंदै गएको दाबी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण