अमेरिकाद्वारा ताइवानलाई नयाँ हतियार उपलब्ध गराउने घोषणा
शनिबार, १८ भदौ २०७९, ०९ : ३१
बेइजिङसँग बढ्दो तनावबीच टापुको प्रतिरक्षालाई बढावा दिन संयुक्त राज्य अमेरिकाले शुक्रबार ताइवानलाई १।१ अर्ब डलरको नयाँ हतियार प्याकेज सहयोगको घोषणा गरेको छ ।
अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेको एक महिनापछि अमेरिकाले उक्त टापुलाई हतियार प्याकेज घोषणा गरेको हो ।
उक्त सहयोग ताइवानको सुरक्षाका लागि अपरिहार्य भएको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले जनाएका छन् । 'हामी बेइजिङलाई ताइवानविरुद्धको सैन्य, कूटनीतिक र आर्थिक दबाब बन्द गर्न र ताइवानसँग अर्थपूर्ण वार्तामा संलग्न हुन आग्रह गर्दछौं,' प्रवक्ताले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपर तामाकोसीको पीपीए पुनरावलोकन हुने
-
नेपालको दिगो विकासका लागि निजी क्षेत्रसँग सहकार्य बढाउने अन्तर्राष्ट्रिय वित्त निगमको प्रतिबद्धता
-
वन्यजन्तु तस्कर कुन्जोक सम्पत्ति शुद्धीकरणमा पनि दोषी ठहर
-
दुई एआईजीको सरुवा, जोशी र ढकालको पदस्थापन
-
इन्ड्राइभको योरपेस किप फिट सर्किट नेपाल रनिङ कार्यक्रम घोषणा
-
रातो मच्छिन्द्रनाथको रथारोहण, तस्बिरहरू