पाकिस्तान सुपर चारमा, भारतसँग फेरि भिड्ने निश्चित
पाकिस्तान एसिया कप क्रिकेटको सुपर चारमा प्रवेश गरेको छ । युएईमा जारी प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा हङकङलाई १५५ रनको फराकिलो अन्तरले हराउँदै पाकिस्तान सुपर चारमा पुगेको हो ।
सारजाह क्रिकेट मैदानमा पाकिस्तानले दिएको १९४ रनको लक्ष्य पछ्याएको हङकङ १० ओभर ४ बलमा ३८ रन जोड्दा अलआउट भयो ।
हङकङका लागि कप्तान निजाकट खानले सर्वाधिक ८ रन बनाए । हङकङका कुनैपनि खेलाडीले दोहोरो रन बनाउन सकेनन् ।
पाकिस्तानका लागि शादब खानले चार विकेट लिए । त्यस्तै मोहमद नवाजले तीन विकेट लिँदा नासिम शाहले दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभर २ विकेट गुएर १९३ रन बनाएको थियो ।
पाकिस्तानका लागि मोहम्मद रिजवान र फकर जमानले अर्धशतकीय पारी खेले । ५७ बल खेलेका रिजवानले ६ चौका र १ छक्काको सहयोगमा ७८ रन बनाए ।
त्यस्तै ४१ बल खेलेका जमानले ३ चौका र २ छक्काको सहयोगमा ५३ रन बनाए । पाकिस्तानका खुल्सदिन शाहले अविजित ३५ तथा कप्तान बाबर अजामले ९ रन बनाए ।
हङकङका लागि इशान खानले तीन विकेट लिए । जितसँगै समूह ‘ए’ बाट पाकिस्तानले सुपर चारमा स्थान बनाएको छ । यसअघि भारत सुपर चारमा प्रवेश गरेको थियो । सुपर चारमा भारत र पाकिस्तान फेरि भिड्ने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
-
भन्सार छलीका सामान बरामद
-
रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण