बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

हुम्लामा एमालेबाट प्रतिनिधिसभाका लागि पूर्वमन्त्री दल रावल एकल सिफारिस

शनिबार, १८ भदौ २०७९, २१ : २३
शनिबार, १८ भदौ २०७९

पूर्वमन्त्री एवं नेकपा एमालेका केन्द्रीय सदस्य दल रावल हुम्लाबाट प्रतिनिधि सभाको निर्वाचनको उम्मेदवारका लागि एकल सिफारिस भएका छन् । शनिबार बसेको एमाले जिल्ला कमिटीको बैठकले रावललाई एकल उम्मेदवार सिफारिस गरेको हो । रावलले ०७४ मा प्रदेशसभा निर्वाचनमा विजयी प्राप्त गरेका थिए भने कर्णालीको पहिलो सामाजिक विकास मन्त्री बनेका थिए ।

एमाले हुम्लाको सह–इञ्चार्ज समेत रहेका रावल प्रदेशमा एमालेभित्र आशा लाग्दा नेताको रुपमा चिनिन्छन् । उसो त् हिमाली जिल्लाहरुमा दलभन्दा पनि व्यक्ति बलियो हुन्छन् । युवामाझ लोकप्रिय र भिजनेवल नेता भएकाले रावल बलियो उम्मेदवार हुन् ।  रावलले ०७४ मा प्रदेशसभा (क) बाट ७ हजार १५८ मतसहित विजयी हुँदा कांग्रेसका ठानबहादुर रोकायले ४ हजार ८११ मत प्राप्त गरेका थिए । 

एउटा मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको हुम्लामा ०७४ मा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा ८ हजार ४९१ मत ल्याएर प्रतिनिधिसभामा निर्वाचित भएका थिए । उनी अहिले माओवादीमै छन् । माओवादीले टिकट नदिए पनि उनी बागी उठेर जितेका थिए । अहिले एमालेबाट रावल प्रतिनिधिसभाको उम्मेदवार बनिरहँदा गठबन्धनबाट को उम्मेदवार बन्छ भन्ने कुराको निचोड निस्किएको छैन ।

कांग्रेसबाट भने जीवनबहादुर शाही एकल उम्मेदवार सिफारिस भएका छन् । यद्यपि शाही प्रदेशसभातर्फ पनि सिफारिस भएकाले उनी कताबाट चुनाव लड्छन् भन्ने कुरा अझै अस्पष्ट छ । सरकारको मुख्यमन्त्री समेत रहेका शाही प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सक्ने वातावरण मिल्ने संकेत भयो भने प्रदेशमा आउने र नभए संघमा जाने देखिन्छ ।

यदि माओवादीले प्रदेशमा चित्त बुझायो र संघमा कांग्रेसलाई मिलाएको खण्डमा रावल र शाहीबीच प्रतिस्पर्धा हुने देखिन्छ ।  यस्तै एमाले हुम्लाले प्रतिनिधिसभातर्फ समानुपातिकका लागि एमाले प्रदेश अध्यक्ष गोरखबहादुर बोगटी, विमला शाही, पर्वत सुनार, छेपालदोर्जे लामा, रामबहादुर सानो,  अजबीर बुढाको नाम सिफारिस गरेको छ । 

प्रदेशसभातर्फ प्रत्यक्षमा दल फडेरा र पूर्णप्रसाद ढकालको नाम सिफारिस गरिएको छ भने समानुपातिकतर्फ सुरेन्द कार्की, कलबहादुर हमाल, धन्जय परियार, र मन्जु रावलको नाम सिफारिस गरिएको छ ।  यस्तै एमालेले प्रदेशसभा (ख)तर्फ प्रत्यक्षतर्फ छिमिदोर्जे लामा, कमल बोहोरा, डवल रावत, उत्तम लामाको नाम सिफारिस गरेको छ भने समानुपातिकतर्फ रूपा शाही पिछडिएको महिला, प्रकाश सुनार दलिततर्फ, जनजातितर्फ छविचन्द लामा र नोरजाङग तामाङलाई सिफारिस गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप