पार्टी पुनर्गठनको प्रतिवेदन तयार गर्ने जिम्मा बादल र शंकरलाई
काठमाडौँ । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनबारे प्रतिवदन तयार गर्न एमालेले कार्यदल संयोजक रामबहादुर थापा बादल र सदस्यसचिव शंकर पोखरेललाई जिम्मा दिएको छ।
बिहीबार बसेको थापा नेतृत्वको कार्यदलको बैठकले प्रतिवेदन तयार पार्ने जिम्मा नेता थापा र पोखरेललाई दिएको हो।
एमालेले जेठ दोस्रो साता पार्टीलाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपमा एकताबद्ध बनाउन, एवं पार्टी शुद्धीकरण, सुदृढीकरण तथा रूपान्तरणसहितको पार्टी पुनर्गठनको कार्ययोजना तयार गर्न थापाको नेतृत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलले सबै प्रदेशमा पुगेर सुझाव सङ्कलन गरेको थियो।
बैठकमा कार्यदलले विभिन्न १३ स्थानमा पुगेर सुझाव सङ्कलन गरेको र त्यसक्रममा कार्यक्रमको व्यवस्थापन गर्ने कमिटी र कार्यक्रममा सहभागी भई महत्त्वपूर्ण सुझाव उपलब्ध गराउने नेता कार्यकर्तालाई धन्यवाद ज्ञापन गरेको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए।
बैठकले सुझाव सङ्कलनकै क्रममा पार्टीका उपाध्यक्ष तथा कार्यदलका सदस्य विष्णु पौडेललाई राजनीतिक प्रतिशोधपूर्ण तरिकाले गिरफ्तारी गरेको भन्दै घोर निन्दा र भर्त्सना गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श नियमावली २०८३ : सुधार कि व्यवसायमाथिको दमन ?
-
गुणस्तरीय बैंकिङ र बजार हिस्सामा निरन्तर सुधार गर्दै राष्ट्रिय वाणिज्य बैंक
-
नाट्टाको अध्यक्षमा पाण्डेको उम्मेदवारी
-
मणिपालमा ‘एक्सप्रेसन्स २०२६’ सुरु, कला र खेलमार्फत एकताको सन्देश
-
प्रेमप्रसादको घटनामा बालेनले भनेका थिए– राज्यको चरम असफलता !
-
भूकम्पपीडित भेनेजुएलाका लागि ३० करोड डलर अपिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण