शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरो जाँदा कम्तीमा सात जनाको मृत्यु

बिहीबार, २५ असार २०८३, २० : ०६
बिहीबार, २५ असार २०८३

बङ्गलादेशको दक्षिण–पूर्वी दुई जिल्लामा बुधबार राति र बिहीबार बिहान परेको वर्षाका कारण गएको पहिरोमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ र धेरै घरहरूमा क्षति पुगेको छ ।

बुधबार राति र बिहीबार बिहान बन्दरबान जिल्लामा दुई भूस्खलनका घटनामा मात्र पाँच जनाको ज्यान गएको छ। ढाकाबाट करिब ३१६ किलोमिटर टाढा रहेको उक्त जिल्लामा पहिरो घरमाथि खस्दा घरहरू पुरिएका वा भत्केका एक स्थानीय अधिकारीले बताए ।

यसबाहेक, ढाकाबाट ४०० किलोमिटर दक्षिण–पूर्वमा रहेको कोक्स बजार जिल्लामा बुधबार रातिको पहिरोमा पुरिएका दुई बालबालिकाको शव फेला परेको छ ।

बङ्गलादेशको पहाडी क्षेत्रमा जुनदेखि सेप्टेम्बरसम्म चल्ने मनसुनको समयमा बारम्बार पहिरो जाने, बाढीले घरहरू बगाउने वा वस्तीहरू डुबानमा पर्ने गर्छन् । बङ्गलादेशमा वन क्षेत्रको व्यापक कटानी, कृषि सडकको नाममा गम्भीर अनुसन्धानविना हुने कच्ची सडकको निर्माण र अव्यवस्थित घर निर्माणले प्राकृतिक विपत्ति आउँदा धेरै जनधनको क्षति हुने समस्या बढेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप