भारतीय सेनाध्यक्षलाई शीतल निवासमा मानार्थ महारथीको दर्जा प्रदान गरिँदै
नेपाल भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई सोमबार नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिँदै छ । प्रधान सेनापति प्रभुराम शर्माको निमन्त्रणामा भारतका स्थल सेनाध्यक्ष पाण्डे पाँच दिने भ्रमणमा आइतबार काठमाडौँ आएका हुन् । भ्रमणमा उनकी पत्नी अर्चना पाण्डे पनि सहभागी छन् ।
सोमबार भारतीय सेना प्रमुखलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिँदै छ । राष्ट्रपति भवनमा आयोजना गरिने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको सैनिक प्रवक्ता (सहायकरथी) नारायण सिलवालले रातोपाटीलाई बताए ।
उनी सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण कार्यक्रममा सहभागी हुनेछन् । जंगी अड्डामा सम्मान गारत निरीक्षण र सोमबार प्रधान सेनापति प्रभुराम शर्मासँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
भारतीय सेनाको तर्फबाट पाण्डेले नेपाली सेनालाई सहयोग स्वरूप विविध सामग्रीहरूको हस्तान्तरण कार्यक्रम छ । मोटरपार्टस लगायत ननलिथल सामग्री भारतीय सेनाले नेपाली सेनालाई हस्तान्तरण गर्न लागेको छ । भ्रमण अवधिमा पाण्डेले शिवपुरी स्थित कमाण्ड तथा स्टाफ कलेजका विद्यार्थीहरूसँग अन्तरक्रिया गर्नेछन् ।
भारतीय सेना प्रमुख पाण्डेले ५ दिनको भ्रमण अवधिमा पोखरा र मुक्तिनाथको भ्रमण गर्नेछन् । पोखरा स्थित मध्य कमाण्ड हेडक्वार्टरको भ्रमण पछि मौसम अनुकूल भएमा पाण्डे मुक्तिनाथ भ्रमणमा जाने सैनिक प्रवक्ता सिलवालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
