मनकामना केबलकार शनिबारदेखि सञ्चालनमा आउने
सोमबार, २० भदौ २०७९, १२ : ३४
केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नतिको लागि साउन २३ गतेदेखि बन्द गरिएको मनकामना केबलकार आगामी शनिबारदेखि सञ्चालनमा आउने भएको छ ।
कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नतिको काम अघि बढाइरहेको र यस चरणमा स्टेशनका सम्पूर्ण नयाँ पार्टपुर्जा फेरिएको जनाएको छ । केबलकारको गोडोलाको सबै ग्रिपहरु फेरिएको, गियर बक्सको चेक तथा अलायन्मेन्ट मिलाउने कार्यका साथै ४ टावरहरुको पार्ट्स फेर्ने, हायड्रोलिक्स सिस्टमको चेक जाँच तथा पार्ट्स फेरिको कम्पनीको भनाइ छ । यसके साथै सम्पूर्ण टावरको निरीक्षण गरी पूर्ण रूपमा टेस्टिंग र कमिशनिङ गर्ने काम पनि गरिएको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण