बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

मनकामना केबलकार शनिबारदेखि सञ्चालनमा आउने

सोमबार, २० भदौ २०७९, १२ : ३४
सोमबार, २० भदौ २०७९

केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नतिको लागि साउन २३ गतेदेखि बन्द गरिएको मनकामना केबलकार आगामी शनिबारदेखि सञ्चालनमा आउने भएको छ । 

कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नतिको काम अघि बढाइरहेको र यस चरणमा स्टेशनका सम्पूर्ण नयाँ पार्टपुर्जा फेरिएको जनाएको छ ।  केबलकारको गोडोलाको सबै ग्रिपहरु फेरिएको,  गियर बक्सको चेक तथा अलायन्मेन्ट मिलाउने  कार्यका साथै  ४ टावरहरुको पार्ट्स फेर्ने, हायड्रोलिक्स सिस्टमको चेक जाँच तथा पार्ट्स फेरिको कम्पनीको भनाइ छ । यसके साथै सम्पूर्ण टावरको निरीक्षण गरी पूर्ण रूपमा टेस्टिंग र कमिशनिङ गर्ने काम पनि गरिएको जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप