एमाले मुगुबाट बानियाँ सर्वसम्मत सिफारिस
नेकपा एमालेले मुगुले पूर्वमन्त्री मोहन बानियाँलाई प्रतिनिधिसभा उम्मेदवारका लागि सर्वसम्मत नाम सिफारिस गरेको छ । जिल्ला कमिटी मुगुले बानियाँलाई सर्वसम्मत सिफारिस गरेको हो । आइतबार बसेको जिल्ला कमिटी बैठकले प्रतिनिधिसभामा बानियाँलाई सर्वसम्मत सिफारिस गरेको पार्टी सचिव डबल रोकायाले बताए ।
उनका अनुसार प्रतिनिधिसभाको दलित समानुपातिकमा दानसिहं परियार, आदिवासी जनजाति समानुपातिक सोनाम छिरिङ्ग लामा, पिछडिएको क्षेत्र समानुपातिक बलचन्द्र बिक, अपाङ्ग समावेसी समानुपातिक रुपबहादुर बुढा, खस आर्य समानुपातिकतर्फ भीमचन्द्र हमाल, महिला समानुपातिक कर्णशिला मल्ल र आदिवासी जनजाति समानुपातिकमा थुनग्याप तामाङ्गलाई सिफारिस गरेको हो ।
यस्तै, कर्णाली प्रदेशसभा ‘क’ अन्तर्गत प्रत्यक्षतर्फ तीन जनाको नाम सिफारिस गरेको छ । जितबहादुर मल्ल, पूर्णबहादुर रोकाया, कृष्णबहादुर सेजुवाल र खिउली भामलाई प्रदेशसभाको लागि सिफारिस गरिएको छ ।
साथै, प्रदेशसभा ख, अन्तर्गत प्रत्यक्षतर्फ उब्बजनबहादुर शाही, राजबहादुर कार्की (राजु) कर्णबहादुर मल्ल र मथुरा कार्कीको नाम सिफारिस भएको नेकपा एमाले मुगुले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङको स्याङ र मार्फा खोलामा नदी उकास घटाइँदै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण