सिफारिस भएर आएका नाम केन्द्रमा पठाउने कर्णाली कांग्रेसको निर्णय
नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमिति बैठकले कर्णालीका १० जिल्लाबाट सिफारिस भएर आएका उम्मेदवारका नाम केन्द्रमा पठाउने निर्णय गरेको छ । सोमबार सभापति ललितजंग शाहीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
कांग्रेस कर्णाली प्रदेशका प्रवक्ता दमन शाहीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि १० वटै जिल्लाबाट सिफारिस भएर आएका प्रत्यक्ष र समानुपातिकतर्फका नामलाई केन्द्रमा पठाउने निर्णय बैठकले गरेको जानकारी दिए ।
‘हाल नौ जिल्लाबाट नाम प्रदेशमा आइसकेको छ। अब बाँकी रहेको सल्यान जिल्लाबाट पनि आज साँझसम्ममा आउँछ । बैठकले छिटो भएमा आजै र ढिलो भएमा भोलीसम्ममा प्रक्रिया पूरा गरी आएका सिफारिसलाई केन्द्रीय सर्कुलर बमोजिम प्रदेश कार्यसमितिले राय लेख्दै केन्द्रीय समितिलाई पठाउने निर्णय गरेको छ’, उनले भने ।
बैठकमा कांग्रेसका केन्द्रीय सम्पादन समिति सदस्य तथा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले केन्द्रले गठबन्धनका दलबीच सहमति गरेर जाने निर्णय गरिसकेको हुँदा कर्णालीमा पनि त्यही निर्णयका आधारमा नेता÷कार्यकर्तालाई चुनावको तयारीमा जुट्न निर्देशन दिएको प्रवक्ता शाहीले जानकारी दिए ।
मुख्यमन्त्री शाहीले पार्टीले नेताको मूल्यांकन गर्दै टिकट न्यायोचित ढंगले वितरण गर्ने विश्वास दिलाउँदै कांग्रेस सरकारले गरेका राम्रा कामको बारेमा आम नागरिकलाई सुसूचित गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङको स्याङ र मार्फा खोलामा नदी उकास घटाइँदै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण