अमेरिकाबाट हुलाकमा आयो २ किलो गाँजासहितको पार्सल
डिल्लीबजार स्थित गोश्वारा हुलाक कार्यालयमा भदौ २० मा अमेरिकाबाट एउटा पार्सल आयो । पार्सल रिसिभ गर्न पुगे, काभ्रेको मण्डन देउपुर नगरपालिका–७ घर भएका २८ वर्षका मनोज राई । लागु औषध नियन्त्रण ब्युरोको टोलीले मनोजलाई नियन्त्रणमा लियो । मनोजले रिसिभ गरेको पार्सल खोल्दा २ किलो गाँजा भेटिएको ब्युरोका एसएसपी विकाशराज खनालले रातोपाटीलाई बताए । खनाल भन्छन्–‘अमेरिकाबाट गाँजा किन पठाइयो भन्नेबारे अनुसन्धान गर्दै छौँ ।’
अमेरिकाको क्यालिफोर्नियाबाट आएको गाँजा हुलाकबाट रिसिभ गरेर मगाउने व्यक्ति सम्म लैजाने चेनमा संलग्न मनोज सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनोज सहित काठमाडौँको नक्साल घर भएका ३० वर्षीय अङ्कित कुमार श्रेष्ठ र काठमाडौँ–१७ खुसिबु घर भएका ३० वर्षीय राहुल क्षेत्री छन् ।
राहुलले अङ्कित र मनोजलाई ३० हजार दिने सर्तमा डिल्लीबजार हुलाक कार्यालयमा आएको पार्सल रिसिभ गर्न पठाएका हुन् । तर, अंकितले आफू नगएर मनोजलाई मात्र हुलाकमार्फत पार्सलमा आएको गाँजा रिसिभ गर्न पठाएका थिए । अङ्कित र राहुललाई नक्सालबाट पक्राउ गरिएको एसएसपी खनालले जानकारी दिए ।
नेपालबाट तस्करहरूले भारत लगायतका मुलुकमा गाँजा तस्करी गर्दै आएका छन् । तर, अमेरिकाबाट किन गाँजा ल्याइयो भन्नेबारे ब्युरोले अनुसन्धान गरिरहेको छ । यसअघि क्यानडा, र अमेरिकाबाट कारोबारीहरूले ३ पटक थोरै मात्रामा गाँजा नेपालमा ल्याएका थिए ।
‘टिएक्ससी’ भन्ने तत्त्व भएको गाँजा सेवनकर्ताहरूले राम्रो मान्छन् । चिसो ठाउँमा हुने गाँजालाई पनि स्तरीय मानिन्छ । नेपालमा नै गाँजा उत्पादन हुने भए पनि ठुलो परिमाणमा अमेरिकाबाट किन गाँजा ल्याइयो भन्नेबारे ब्युरोले अनुसन्धान गरिरहेको छ । अमेरिकाबाट गाँजा मगाउने मुख्य व्यक्तिचाहिँ फरार छन् । नेपालमा प्रतिकेजी ३७ हजारमा गाँजा कारोबार हुने ब्युरोले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण