सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

नरैनापुरमा खडेरीको समस्या, डिप बोरिङको व्यवस्था गर्न मन्त्री गहतराजको सक्रियता

बिहीबार, २३ भदौ २०७९, ११ : ४९
बिहीबार, २३ भदौ २०७९

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले आफ्नो निर्वाचन क्षेत्रमा देखिएको समस्याको बारेमा उर्जा मन्त्रीसँग छलफल गरेका छन्  । बाँके क्षेत्र नं. १ को नरैनापुरमा देखिएको खडेरीको समस्याका बारेमा मन्त्री गहतराजले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालसँग भेटेर छलफल गरेका हुन् ।  

लामो समयदेखिको खडेरीका कारण नरैनापुरलाई सुख्खा क्षेत्र घोषणा गरिएको जानकारी गराउँदै मन्त्री गहतराजले त्यस क्षेत्रमा तत्काल डिप बोरिङको व्यवस्था गरिदिन उर्जा मन्त्री भुसालसँग माग गरे  । 

सुख्खा क्षेत्र घोषणा भएको नरैनापुरका नागरिकहरुलाई भोकमरीबाट बचाउन तत्काल आवश्यक पहल गर्नुपर्नेमा जोड दिदैं मन्त्री गहतराजले तत्कालका लागि डिप बोरिङ  र दीर्घकालीन रुपमा सिक्टा सिचाइ आयोजना मार्फत नरैनापुरका कृषकहरुलाई सिँचाइको ब्यवस्था गर्नेतर्फ उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले विशेष पहल गर्नुपर्ने बताए । 

जवाफमा उर्जा मन्त्री भुसालले सहयोग गर्ने प्रतिवद्धता जनाएकी छिन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप