दोलखाको सुन्द्रावतीमा एक पुरुष मृतावस्थामा फेला
शुक्रबार, २४ भदौ २०७९, १३ : ०३
दोलखाको कालीञ्चोक गाउँपालिका–९ सुन्द्रावतीस्थित फेदीमा एक पुरुष मृतावस्थामा फेला परेका छन् ।
कालीञ्चोक–९ फेदीस्थित खेतमा सोही वडा निवासी ४८ वर्षीय भुवन पकुवालको शव फेला परेको प्रहरीले जनाएको छ । घरदेखि केही टाढा खेतको पानी लगाउने कुलोमा घोप्टो परेर लडेको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिए ।
मृतक पकुवालको शरीरमा भने कुनै चोटपटक देखिएको छैन । शव हाल परीक्षणका लागि जिल्लास्थित पशुपति चौलागाई स्मृति अस्पतालमा राखिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण