आज कहाँ–कहाँ छ भारी वर्षाको सम्भावना ?
सोमबार, २७ भदौ २०७९, ०६ : ०७

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ। देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ।
सोमबार देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मंगलबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् अवरूद्धपछि अन्धकार काठमाडौँ (तस्बिरहरू)
-
घट्यो पेट्रोलियम पदार्थको मूल्य
-
चेक बाउन्सको मिलापत्रबारे सरकारी वकीललाई महान्यायाधिवक्ता कार्यालयको सर्कुलर
-
महेश बर्तौलालाई प्रश्न– केपी ओलीलाई खुसी पार्ने तपाईंसँग त्यस्तो के कला छ ?
-
जिप दुर्घटना हुँदा दुई जना घाइते
-
हेटौँडामा ‘प्रदेश स्पोर्टस अवार्ड’ : ८ विधाका १२ जना पुरस्कृत हुने