मोबाइल एप सुरु गर्दै प्रचण्डले भने, ‘निर्वाचनको प्रचारमा प्रविधिको प्रयोग गर्नुको विकल्प छैन’
राष्ट्रिय विज्ञान दिवसका अवसर पारेर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्यक्तिगत आधिकारिक मोबाइल एप उद्घाटन गरेका छन् । पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित कार्यक्रममा व्यक्तिगत आधिकारिक मोबाइल एप शुभारम्भ गरिएको हो ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले विज्ञान प्रविधिलाई आत्मासाथ गर्न नसके देश विकास हुन नसक्ने बताए । विज्ञानमा बेइमानी र जालझेल नभल्ने भन्दै उनले जसले विज्ञानलाई आत्मासाथ गर्न सक्छ उही सफल हुने बताए ।
अबको निर्वाचनमा परम्परागत प्रचार शैलीले सहि परिणाम दिन नसक्ने भन्दै उनले प्रचारप्रसारमा पनि प्रविधिको प्रयोग गर्नुको विकल्प नभएको बताए ।
विज्ञान प्रविधिको सदुपयोग गर्न सके मानव जीवन सहज हुने र प्रविधिको दुरुपयोग भएमा समाजमा नकारात्मक असर गर्ने भएकोले यसबारे सचेतनाको अवश्यक रहेको प्रचण्डको भनाइ थियो ।
आधिकारिक एपमार्फत अध्यक्ष र पार्टीका गतिविधि, सूचना तथा योजना जनता तथा नेता कार्यकर्तासम्म पुर्याइने पार्टीको विज्ञान तथा प्रविधि विभागले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
काठमाडौं महानगरको १९औँ नगरसभा सम्पन्न, संशोधन विधेयक र वार्षिक प्रतिवेदन पारित
-
मेस्सीसँग गोल सङ्ख्या बराबर भए पनि एम्बाप्पे नै गोल्डेन बुटको दौडमा अगाडि
-
मोरोक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा, एम्बाप्पे र डेम्बेलेको गोल
-
एम्बाप्पे घाइते हुँदै मैदानबाट बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण