मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

आपसमा गाभिए साना किसान विकास र आरएमडीसी लघुवित्त

शनिबार, ०१ असोज २०७९, १२ : १५
शनिबार, ०१ असोज २०७९

साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्था गाभिएका छन् । एक आपसमा गाभिएर साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्थाको नामबाट सञ्चालन हुने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो । 

मर्जरपछि हुने अन्तरिम सञ्चालक समितिमा खेम बहादुर पाठक अध्यक्ष, डा. शिवराम प्रसाद कोइराला प्रमुख कार्यकारी अधिकृत र  ज्योति चन्द्र ओझा प्रमुख कार्यकारी अधिकृत बन्नेछन् । साथै, दुवै संस्थाका संस्थापक समूहबाट २-२ जना, सर्वसाधारण समूहबाट १-१ जना र १ जना स्वतन्त्र सञ्चालक रहने व्यवस्था मिलाइएको छ ।

आरएमडीसी लघुवित्त वित्तीय संस्थाको १०० सेयरलाई मर्जरपछि ८७ शेयर (१०० : ८७) कायम हुने गरी शेयर आदान प्रदान अनुपात (स्वाप रेशियो) कायम गर्ने समेत सहमति भएको छ । मर्जर पछि यस लघुवित्त वित्तीय संस्थाको पुँजी कोष ७ अर्ब रुपैयाँभन्दा बढी हुनेछ भने लगानीमा रहेको कर्जा करिब ४३ अर्ब रुपैयाँ पुग्नेछ ।                             

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप