अखिल भारत नेपाली एकता मञ्च र प्रगतिशील नेपाली समाजबीच एकता
नेकपा माओवादी केन्द्र निकट अखिल भारत नेपाली एकता मञ्च र डाक्टर बाबुराम भट्टराई निकट सङ्गठन प्रगतिशील नेपाली समाज समिति (भारत) बीच एकता भएको छ । एकतापछि सङ्गठनको नाम अखिल भारत नेपाली एकता मञ्च नै रहने बताइएको छ ।
एकताबारे जानकारी दिन जारी विज्ञप्तिमा समाजवादउन्मुख समृद्धि हासिल गर्दै समाजवादको आधार तयार पार्न तथा समाजवाद निर्माणको प्रकृयामा व्यवस्थितरुपमा अघि बढ्न एकताले सम्भव हुने उल्लेख गरिएको छ । ‘अहिले पनि प्रतिगामी र दक्षिणपन्थी शक्तिहरु संविधानविरुद्ध लागिरहेको छन् । दुई दुई पटक असंवैधानिक रूपमा गरिएको संसद विघटन, स्वेच्छाचारिता, अहंकार, दम्भ एवम् अनेक खाले विकृतिका विरूद्ध अघिल्लो वर्ष पाँच दलीय गठबन्धनको नेतृत्वमा भएको सडक आन्दोलनले मुलुकलाई प्रतिगमनबाट जोगाउन र संविधानको रक्षा गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।
एकताबारेको विज्ञप्तिमा प्रगतिशील नेपाली समाज समिति भारतका केन्द्रीय अध्यक्ष प्रकाश नेपाली र अखिल भारत नेपाली एकता मञ्चका तर्फबाट अध्यक्ष राजेन्द्र शर्माले हस्ताक्षर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिन तेन्दुलकरको घरमा तैनाथ सुरक्षाकर्मीले गरे आत्महत्या
-
कर्णालीमा जेठ ११ गते बोलाइयो बजेट अधिवेशन
-
एमालेको भागमा अर्थसहित ५ र माओवादीलाई भौतिकसहित तीन मन्त्रालय
-
यान्त्रिक अवस्था ठिक नभएका सवारी साधन चलाउने ५३ जना चालकलाई कारबाही
-
पेरिस ओलम्पिकका लागि स्यान्टु छनोट
-
उथलपुथलको पाँचौँ शृङ्खलामा ‘ग्रिस क्रान्ति’ : साम्राज्यवादविरुद्ध विश्वलाई नयाँ सन्देश दिएको त्यो क्रान्ति