अखिल भारत नेपाली एकता मञ्च र प्रगतिशील नेपाली समाजबीच एकता
नेकपा माओवादी केन्द्र निकट अखिल भारत नेपाली एकता मञ्च र डाक्टर बाबुराम भट्टराई निकट सङ्गठन प्रगतिशील नेपाली समाज समिति (भारत) बीच एकता भएको छ । एकतापछि सङ्गठनको नाम अखिल भारत नेपाली एकता मञ्च नै रहने बताइएको छ ।
एकताबारे जानकारी दिन जारी विज्ञप्तिमा समाजवादउन्मुख समृद्धि हासिल गर्दै समाजवादको आधार तयार पार्न तथा समाजवाद निर्माणको प्रकृयामा व्यवस्थितरुपमा अघि बढ्न एकताले सम्भव हुने उल्लेख गरिएको छ । ‘अहिले पनि प्रतिगामी र दक्षिणपन्थी शक्तिहरु संविधानविरुद्ध लागिरहेको छन् । दुई दुई पटक असंवैधानिक रूपमा गरिएको संसद विघटन, स्वेच्छाचारिता, अहंकार, दम्भ एवम् अनेक खाले विकृतिका विरूद्ध अघिल्लो वर्ष पाँच दलीय गठबन्धनको नेतृत्वमा भएको सडक आन्दोलनले मुलुकलाई प्रतिगमनबाट जोगाउन र संविधानको रक्षा गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।
एकताबारेको विज्ञप्तिमा प्रगतिशील नेपाली समाज समिति भारतका केन्द्रीय अध्यक्ष प्रकाश नेपाली र अखिल भारत नेपाली एकता मञ्चका तर्फबाट अध्यक्ष राजेन्द्र शर्माले हस्ताक्षर गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण