कुवेत टावरमा नेपालको राष्ट्रिय झण्डा प्रदर्शन
मङ्गलबार, ०४ असोज २०७९, ०८ : ५२
कुवेत टावरमा सोमबार साँझ नेपालको राष्ट्रिय झण्डा प्रदर्शन गरिएको छ । नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० औं वार्षिकोत्सव तथा नेपालको संविधान दिवसको अवसर परेर नेपाल र कुवेतको झण्डा सो टावरमा प्रदर्शन गरिएको हो ।
नेपाली राजदूतावास कुवेतको पहलमा कुवेत सरकार परराष्ट्र मन्त्रालयको सहयोग र समन्वयमा कुवेत टावरमा नेपाल र कुवेतका राष्ट्रिय झण्डाहरूको विद्युतीय प्रदर्शन गरिएको हो ।
कुवेतको प्रसिद्ध कुवेत टावरमा नेपालको राष्ट्रिय झण्डा पहिलोपटक प्रदर्शन भएको नेपाली राजदूतावास कुवेतले जनाएको छ । नेपाल र कुवेत बीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप सुदृढ हुँदै जाने विश्वास पनि दूतावासको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण