बाढी पीडितलाई भेट्न पाकिस्तान पुगेकी जोलीले भनिन्-मैले यस्तो कहिल्यै देखेकी थिइन्
हलिउड स्टार तथा मानवतावादी एन्जेलिना जोलीले पाकिस्तानको बाढी प्रभावितलाई अन्तर्राष्ट्रिय सहयोगका लागि आह्वान गरेकी छिन् । बाढी ग्रस्त पाकिस्तानको भ्रमणपछि उनले यस्तो आह्वान गरेकी हुन् ।
पछिल्लो सरकारी तथ्यांकअनुसार पाकिस्तानमा अभूतपूर्व मनसुनी वर्षाले देशको एक तिहाइ भागमा बाढी आएको छ र १६ सय जनाको मृत्यु भएको छ । बाढीबाट ७० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । बाढीका कारण मानिसहरुलाई सफा पिउने पानीको अभाव हुनुका साथै विभिन्न संक्रामक रोग फैलिएको छ । बाढीपछि प्रभावित केही क्षेत्रमा डेंगुको प्रकोप बढेको छ ।
पाकिस्तानमा अहिलेको अवस्था आफूले कहिल्यै नदेखेको उनले बताइन् । ‘मैले यस्तो कहिल्यै देखेकी थिइन’, प्रभावित क्षेत्रका बासिन्दासँग जोलीले भनिन् । जोलीले यसअघि सन् २०१० को बाढी र २००५ को विनाशकारी भूकम्पका पीडितहरुलाई भेट्न पाकिस्तान गएकी थिइन् ।
जलवायु परिवर्तनले अहिलेको अवस्था सृजना गरेको उनले संकेत गरिन् । शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त को प्रतिनिधित्व गर्ने जोलीले दक्षिणी सिन्ध प्रान्तको बाढी प्रभावित क्षेत्रको भ्रमण गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण