शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नाडा ईभी अटो शो : यस्ता छन् प्रदर्शनीमा राखिएका टु ह्वीलरहरु

शनिबार, ०८ असोज २०७९, १४ : ०८
शनिबार, ०८ असोज २०७९

नेपालकै पहिलो नाडा ईभी अटो शो भृकुटीमण्डपमा जारी छ । गत बिहीबारबाट जारी अटो शोको आज तेस्रो दिन हो । उपलब्ध चार पाङ्ग्रेसहित तीन पाङ्ग्रे र दुई पाङ्ग्रे ईभीमा अवलोकनकर्ताहरूको आकर्षण देखिएको छ ।

छोटो समयमा, त्यो पनि सीमित ब्राण्ड तथा उपलब्ध मोडलहरुबाट पनि अटो शोको रौनक भिन्न बनाइदिएको छ । अटो शोमा प्रदर्शित दुई पाङ्ग्रे ईभीबारेमा यहाँ चर्चा गर्न लागिएको छ ।

कुन ब्राण्डका कस्ता इलेक्ट्रिक बाइक तथा स्कुटर प्रदर्शन हुँदैछन् ?

ओला

चर्चित भारतीय दुई पाङ्ग्रे ईभी ब्राण्ड ओलालाई नेपालमा चौधरी ग्रुपले पहिलो पटक भित्र्याएको छ । चौधरी ग्रुपको सिजी मोटर्सले नाडा ईभी शोलाई नै टार्गेट गरेर यो ब्राण्ड भित्र्याएको हो ।

हाल ओलाको दुई वटामात्रै मोडल एस–वान र एस–वान प्रो मात्र भित्र्याएको कम्पनीले यसको मूल्यसमेत तोकेको छैन ।

भारतीय बजारमा १ लाख ४० हजार भारु रहेको यस स्कुटरको नेपाली बजार मूल्य केही दिनपछि मात्र तोक्ने कम्पनीले जनाएको छ ।

यद्यपि, अटो शोमा पहिलो पटक उतारिएको ओलामा अवलोकनकर्ताहरूको तीव्र चासो देखिएको छ । ओलाको स्टलमा बुझ्न चाहनेहरूको र हेर्न चाहनेहरूको निकै भिड देख्न सकिन्छ ।

र्‍यामोस

​​ईभी अटो शोमा र्‍यामोस ब्राण्डका ५ वटा मोडलका इलेक्ट्रिक स्कुटर प्रदर्शनमा राखिएका छन् । र्‍यामोसले ६० भी ३१ एएच ली लिओन ब्याट्रीको साथमा राइडर आर–वान, ७२भी ४० एएचको राइडर आर–वान प्रो, ६० भी ४२ एएच को रोबुस्ट, ६० भी ४२ एएचको स्टोम र ७२ भी ४० एएच ब्याट्री क्षमताको स्टोम प्रो उतारेको छ ।

आइडर आर–वानको मूल्य २ लाख ५५ हजार रुपैयाँ छ भने स्टोमको २ लाख ९५ हजार रुपैयाँ र स्टोम प्रोको ३ लाख ४५ हजार रुपैयाँ मूल्य छ ।

आइमा

आइमा ब्राण्डका लागि नेपालको वितरक हिमला ईभी मोटर्सले ईभी शोमा ४ वटा मोडलका ईलेक्ट्रिक स्कुटर प्रदर्शन गरेको छ । जसमा कम्पनीले माइन प्लस, टाइगर एस५, टाइगर सबर एक्स६११ र टाइगर सबर एक्स६१२ छन् ।

माइन प्लसको मूल्य २ लाख ७४ हजार रुपैयाँ छ भने टाइगर एस५को मूल्य १ लाख ८४ हजार रुपैयाँ, टाइगर सबर एक्स६११को ४ लाख ५८ हजार रुपैयाँ र टाइगर सबर एक्स६१२को मूल्य ५ लाख १५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

सुपर सोको

डी–लाइफ स्टाइलले ईभी अटो शोमा सुपर सोको ब्राण्डका ४ वटा ईभी मोटरसाइकल र दुई वटा स्कुटर प्रदर्शन गरिरहेको छ । कम्पनीले सोको रिभोल्ट टीसी म्याक्स, टीएस स्ट्रीट हन्टर, टीसी, टीसी वन्डर्ड, सिपी एक्स र सीयू स्कुटर प्रदर्शनमा राखेको छ ।

टीसी म्याक्सको मूल्य ४ लाख ८९ हजार ९०० रुपैयाँ छ भने टीसीको २ लाख ९५ हजार ९०० देखि ३ लाख ८९ हजार ९०० रुपैयाँसम्म, टीएसको ३ लाख ७९ हजार ९०० देखि ४ लाख ७९ हजार ९०० रुपैयाँसम्म, टीसी वन्डर्डको ३ लाख ८९ हजार ९०० देखि ४ लाख ८९ हजार ९०० रुपैयाँसम्म, सीपीएक्सको ४ लाख ७९ हजार ९०० देखि ५ लाख ९९ हजार ९०० रुपैयाँसम्म र सीयू एक्सको २ लाख ६९ हजार ९०० देखि २ लाख ७९ हजार ९०० रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।

लिभनिङ बोस्च

नेपाल मोटर्सले लिभनिङ बोस्च ब्राण्डका ९ वटा ईभी मोडल प्रदर्शन गरिरहेको छ । एलएक्स ०१को मूल्य २ लाख ८५ हजार, बोस्च २.०५को २ लाख ८९ हजार, बोस्च १.४४को २ लाख ९ हजार, बोस्च ३.०को ३ लाख ३० हजार, बोस्च २.०२को ३ लाख १५ हजार, बोस्च १.५०को २ लाख ७९ हजार, बोस्च २.०२को ३ लाख ९० हजार, बोस्च २.०३को ३ लाख २५ हजारदेखि ३ लाख ४९ हजार, बोस्च ४.००को ५ लाख ५९ हजार रुपैयाँ मूल्य छ ।रहेको छ ।

हिरो इलेक्ट्रिक

हिरो इलेक्ट्रिकले ईभी अटो शोमा ४ वटा मोडल प्रदर्शन गरिरहेको छ । ५१ भोल्टेजदेखि ७२ भोल्टेज अर्थात् २६ एम्पियरसम्मको ब्याट्री क्यापासिटीमा इलेक्ट्रिक स्कुटर उपलब्ध गराएको कम्पनीले मोडल अनुसार ३ लाख ९ हजार ६०० रुपैयाँसम्म मूल्य निर्धारण गरेको छ ।

अप्टिमा एसबीको २ लाख ९ हजार ६०० रुपैयाँ, एनपाईएक्स एचएक्सको २ लाख ८४ हजार ६०० रुपैयाँ, फोटन एचएक्सको २ लाख ६९ हजार ६०० रुपैयाँ र अप्टिमा डीबीको ३ लाख ९ हजार ६०० रुपैयाँ मूल्य छ ।

यडिया

डीएफएसके, कोजु नेपालले नाडा ईभी शोमा ३ वटा मोडलका यडिया ईलेक्ट्रिक स्कुटर प्रदर्शन गरिरहेको छ । सी–वान एस, जी५ र एस–लाइक गरी ३ वटा मोडल रहेकोमा यी स्कुटरहरुको बजार मूल्य क्रमशः ३ लाख ७० हजार रुपैयाँ, ३ लाख ५० हजार रुपैयाँ र २ लाख ५५ हजार रुपैयाँ छ ।

सिगवे

प्रदर्शनीमा सिगवेका ३ वटा मोडल उपलब्ध छन् । सिगवे इ१००, सिजवे इ१२५ र सिजवे इ११० एलमा उपलब्ध स्कुटरको मूल्य क्रमशः २ लाख ९१ हजार, ३ लाख ९१ हजार र ३ लाख ५० हजार रुपैयाँ छ ।

पुर

इण्डियन ईभी कम्पनी पुरको उत्पादन इलेक्ट्रिक स्कुटर पुरलाई नेपाली बजारमा ह्वाइट लोटस मोटर्सले विक्रीवितरण गरिरहेको छ । कम्पनीले ईभी अटो शोमा पुरका ४ वटा मोडल प्रदर्शन गरिरहेको छ । नियो इट्रेन्सको मूल्य २ लाख ६० हजार, इप्लुटो ७जीको २ लाख ७५ हजार, इट्राइस्टी ३५० को ३ लाख ९९ हजार र वान आर बिट्राएस्टीको मूल्य ३ लाख २० हजार रुपैयाँ छ ।

नियू

ईको–इन्फिनिटीले नेपालमा ६ वर्षदेखि नियू ब्राण्डका इलेक्ट्रिक स्कुटरको विक्रीवितरण गर्दै आइरहेको छ । कम्पनीले नाडा ईभी अटो शो २०२२ मा केही नयाँ मोडलसहित पुराना मोडल प्रदर्शनीमा राखिएको छ । नियूका ८ वटा मोडल प्रदर्शनीमा उपलब्ध छ ।

एन–स्पोर्टको मूल्य ३ लाख ४८ हजारदेखि ३ लाख ५३ हजार रुपैयाँसम्म पर्छ । यस्तै, एनक्यूआई जीटीको मूल्य ४ लाख ९५ हजार, एमक्यूआई प्लस स्पोर्टको २ लाख ७६ हजार, एमक्यूआई जीटीको ४ लाख ७५ हजार, गोभा जी५ को ३ लाख ६४ हजार, गोभा जी३ को २ लाख ७७ हजार, युक्यूआई जीटीको २ लाख ७६ हजार र यूक्यूआई एमको १ लाख ४५ हजार रुपैयाँ मूल्य छ ।

जोए ई–बाइक

महाविर अटोमोबाइल्सले नेपाली बजारमा जोए ई–बाइक मोडलका स्कुटरका सार्थ ईलेक्ट्रिक सिंगल डट् बाइकसमेत ल्याएको छ । नाडा ईभी अटो शोमा कम्पनीका स्कुटर तथा डट् बाइकको प्रदर्शन भए पनि औपचारिक रुपमा लञ्च भने भइसकेको छैन । त्यसैले कम्पनीले बाइक तथा स्कुटरको सरदर मूल्य राखेको छ ।

ब्राण्डको जोए ई–बाइक ग्लोब मोडलको स्कुटरको मूल्य २ लाख २१ हजार हाराहारी पर्ने कम्पनीले जनाएको छ ।

यस्तै, उल्फको मूल्य २ लाख २५ हजार, उल्फ प्लसको २ लाख ६९ हजार र जेन नेक्ट नानु प्लसको मूल्य २ लाख ६५ हजार रुपैयाँ हाराहारी पर्न सक्ने कम्पनीले जनाएको छ ।

ईभीट्रीक

भारतीय ईभी दुई पाङ्ग्रे उत्पादक कम्पनी ईभीट्रीकको उत्पादन राइज मोडलको एक मोटरसाइकलको साथमा ३ वटा स्कुटर प्रदर्शनीमा राखिएका छन् ।

राइजको मूल्य ४ लाख ६८ हजार रुपैयाँ छ भने राइड प्रोको ४ लाख १५ हजार रुपैयाँ, माइच्टी प्रोको ३ लाख ९० हजार रुपैयाँ र राइड–एचएसको ३ लाख ४० हजार रुपैयाँ मूल्य छ ।

योसँगै ईभी अटो शोमा सुरोन ब्राण्डको २०२१ न्यू कलर लाइट बीई एक्स मोडलको सिंगल डट् बाइक पनि प्रदर्शनमा राखिएको छ । जसको मूल्य ६ लाख ८० हजार तोकिएको छ ।

हेर्दा साइकल जस्तो देखिए पनि अफरोड विशेष बाइकले उच्च पावर तथा पिकअप दिने कम्पनीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप