काउलेपानीलाई नेपालकै पहिलो वातावरण मैत्री होमस्टे गाउँको उपमा

नेपालकै उत्कृष्ट होमस्टे गन्तव्यको पहिचान बनाएको लमजुङ जिल्लाको बेँसीशहर नगरपालिका ३ स्थित गाउँशहरको होमस्टे गाउँ काउलेपानीले नेपालकै पहिलो वातावरण मैत्री होमस्टे गाउँको उपमा पनि पाएको छ । नगरपालिकाभित्रका सबै गाउँ वातावरण मैत्री बनाउने अभियानअन्तर्गत उक्त गाउँका सबै परिवारले वातावरण मैत्री १८ वटा सूचक पालना गरेकाले वातावरण मैत्री गाउँ घोषणा गरिएको हो ।
नेपालकै उत्कृष्ट गाउँ घोषित भएको काउलेपानीका बासिन्दाले प्यानसहितको चर्पी प्रयोग गर्ने, सड्ने र नसड्ने फोहोरलाई छुट्टाछुट्टै व्यवस्थापन गर्ने, पशुपक्षी तथा कुकुरको फोहोर व्यवस्थापन गर्ने, धुँवारहित चुलो प्रयोग, फलफूलको बिरुवा रोप्ने जस्ता कार्य गर्दै आएकाले वातावरण मैत्री घोषित गरिएको छ ।
होमस्टे रहेका घरमा चिटिक्क परेका सफा बेडरुम (सुत्नेकोठा), शौचालय, बाथरुम, पानीधारा, ऐना, टाबेल, साबुनलगायत आवश्यक सबै सामान राखिएका छन् । त्यस्तै, खानपिनमा पनि उनीहरु सचेत छन् ।
काउलेपानी पुगेपछि अर्गानिक खानाको साथमा लोकल कुखुरा, गुन्द्रुकको अचार, सिस्नुको खोले, कोदाको रोटी, दूध दही अनि लोकल रक्सी खान पाइन्छ । भव्य स्वागत सत्कारसहित बेलुकाको खाजा, खाना, क्याम्प फायरसहितको सांस्कृतिक कार्यक्रम, सुत्ने र बिहानको नास्तासहित प्रतिव्यक्ति एक हजारको हाराहारीमा काउलेपानीसँग साइनो जोड्न सकिन्छ ।
यस क्षेत्रमा असारको महिनामा धान रोपाई, साउनमा कोदो रोपाई, भदौमा नेवाः समुदायको जात्रा, असोजमा रोटेपिङ, कार्तिकमा कटुस, मंसिरमा धानको दाँइ, पुसमा कोदो कुट्ने, माघमा बन तरुल खन्ने, फागुनमा गुराँस टिप्ने, चैत र वैशाखमा काफल र ऐसेलु टिप्ने, र जेठ महिनामा चुत्रो टिप्ने जस्ता दर्जन बढि प्याकेजमा पर्यटकहरुलाई काउलेपानी पठाउन सकिन्छ ।
इतिहास
शाहवंशीय राज्य उदय भएको लमजुङ दरबार, काउलेपानी देवीको मन्दिर, कोट, किल्ला, गढी काउलेपानी होमस्टे नजिकै रहेको छ । १५ औँ शताब्दीको ऐतिहासिक लमजुङ दरबार, काउलेपानी देवी मन्दिर, कोट, किल्ला, गढीलगायतका इतिहास बोकेका स्थलहरु यहाँका अमूल्य निधि हुन् ।
प्राकृतिक सौन्दर्य
यहाँबाट बुद्ध, मनास्लु, अन्नपूर्ण, लमजुङलगायत हिमशृङ्खलाको कोठाबाटै अवलोकन गर्न सकिन्छ । लमजुङ दरबार, काउलेपानी मन्दिर, लमजुङका विभिन्न किल्ला काउलेपानीको आकर्षण हो । यस क्षेत्रमा विश्वमै दुर्लभ मानिने काँडे भ्याकुर देख्न सकिन्छ भने चरीबाघ पनि यहाँ पाइन्छ । समुद्री सतहबाट १६ सय मिटर उचाइमा रहेको काउलेपानीबाट बुद्ध, मनास्लु, अन्नपूर्ण, लमजुङलगायत १४ वटा हिमाल आँखै अगाडि देख्न सकिन्छ ।
पर्यटन प्रवर्द्धन
ऐतिहासिक स्थल गाउँसहरस्थित काउलेपानी होमस्टेलाई नेपालकै उत्कृष्ट होमस्टे घोषणा गरिएपछि विदेशी पर्यटकको आगमन समेत वृद्धि हुँदै गएको छ । सन् २०११ देखि होमस्टे सञ्चालन भएको काउलेपानी सन् २०१४ मा गाउँ पर्यटन प्रवद्र्धन मञ्च होमस्टे गाउँ घोषणा गरेको थियो । सरकारले घुमफिर वर्षका रुपमा घोषणा गरेको १० वटा घुम्नै पर्ने ठाउँको रुपमा काउलेपानी पनि समावेश छ । काउलेपानी यहाँबाट १८० डिग्रीको विन्दुबाट बुद्ध, मनास्लु, अन्नपूर्ण, लमजुङ लगायत गरी १४ वटा हिमश्रङखला देख्न सकिन्छ ।
लमजुङ जिल्लाको सदरमुकाम बेंसीशहरबाट मोटरमा करिव ७ किलोमिटर कच्ची बाटो पार गर्दै पुगिने काउलेपानी गाउँ समुन्द्री सतहदेखि १६०० मिटर उचाइमा छ ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजदूत पण्डित भन्छन् : इजरायलमा अहिले स्थिति गम्भीर छ
-
मार्क्रम नायक बन्दा दक्षिण अफ्रिकालाई वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि
-
हिँड्न अनुरोध गरिरहेका पाइला
-
उद्योगहरू सञ्चालन हुन नदिन प्रधानमन्त्रीदेखि अर्थमन्त्रीलाई प्रलोभनमा पारिन्छ : महासचिव भुसाल
-
प्रचण्ड कप भलिबल : पुलिसलाई सोझो सेटमा हराएर एपीएफ बन्यो च्याम्पियन
-
सरकारपिच्छेको कर आतङ्क विरुद्ध जस्तो सुकै सङ्घर्ष गर्न तयार छौँ : प्रभु साह