तनहुँ क्षेत्र नं १ मा पौडेल, २ मा भण्डारी
आइतबार, २३ असोज २०७९, ०७ : ३४
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले दुवै क्षेत्रको उम्मेदवार टुङ्गो लगाएको छ । शनिबार राति मात्रै कांग्रेसले उम्मेदवार टुङ्गो लगाएको हो ।
कांग्रेसले तनहुँ क्षेत्र नं १ मा वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै क्षेत्र नं २ मा केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय भएको छ । क्षेत्र नं २ का कारण उम्मेदवार चयनमा ढिलाइ भएको कांग्रेस तनहुँले जनाएको छ ।
कांग्रेसले दुवै निर्वाचन क्षेत्रमा पुरानै अनुहार दोहोर्याएको छ । कांग्रेसले प्रदीप पौडेललाई काठमाडौँ क्षेत्र नं ५ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ । विसं २०७४ को निर्वाचनमा पौडेल र भण्डारी दुबै पराजित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण