मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

बलिउड अभिनेत्री भाग्यश्री काठमाडौंमा

सोमबार, २४ असोज २०७९, १६ : ३७
सोमबार, २४ असोज २०७९

बलिउड अभिनेत्री भाग्यश्री काठमाडौं आएकी छन् । उनी आइतबार साँझ काठमाडौँ आएको नेपाल पर्यटन बोर्डकी वरिष्ठ निर्देशक नन्दिनी थापाले जानकारी दिइन् । भाग्यश्री काठमाडौं आएकी त हुन्, उनी केका लागि आएकी हुन् र कति दिन बस्छिन् त्यो भने जानकारी नभएको थापाले बताइन् ।

सलमान खान स्टारर सन् १९८९ को चर्चित फिल्म ‘मैंने प्यार किया’बाट बलिउड फिल्म अभिनय डेब्यु गरेकी भाग्यश्री सोही फिल्मबाट चर्चित बनेकी छन् । निजी भ्रमणको सिलसिलामा नेपाल आएकी उनी पदयात्राका लागि नेपाल आएको हुन सक्ने अनुमान गरिएको छ ।

उनले केही भारतीय टेलिभिजन सिरिज समेत निर्देशन गरेकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप