ट्रेलरमा यस्तो देखियो ‘महापुरुष’
हिट फिल्म ‘जात्रा’ र ‘जात्रै जात्रा’ निर्माण गरेको टिमको पछिल्लो फिल्म ‘महापुरुष’ को हल ट्रेलर सार्वजनिक भएको छ सार्वजनिक ट्रेलरमा फिल्मको कथासार स्पष्ट पारिएको छ । दुई परिवारको कथा ट्रेलरमा देखाइएको छ । दुई उमेर समूहको प्रेमभाव समेत ट्रेलरमा देख्न सकिन्छ ।
फिल्मका निर्देशक प्रदीप भट्टराई हुन् । फिल्मले फ्याम्ली ड्रामामार्फत समाजमा विधमान सोचलाई भत्काउने प्रयास गरिएको लेखकसँगै निर्देशक रहेका प्रदीप भट्टराईले बताए । ‘समाजको महत्वपूर्ण विषयमा फिल्मी शैलीमा सरल रुपले देखाउने प्रयाश गरेका छौँ । यसलाई स–परिवार बसेर हेर्न सक्नुहुनेछ’ निर्देशक भट्टराईले भने ।
फिल्ममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, रविन्द्रसिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्वल लुइँटेल लगायतको अभिनय रहेको छ । अरुण क्षेत्री र अन्जना बराइलीले यसै फिल्मबाट डेब्यु गर्दैछन् ।
११ कात्तिकबाट प्रदर्शनमा आउने फिल्मले २५ देखि ३० गतेसम्म मोफसलको सात सहरमा टुर समेत गर्दैछ । ‘मोफसल टुर’ अन्तर्गत असोज २५ मा विर्तामोडस्थित वान स्टप मल, असोज २६ इटहरीमा जनता प्राविको मैदान र विराटनगरको सेन्ट्रल मल, असोज २७ मा हेटौडाको हुप्रचौर, असोज २८ मा नारायणगढको नारायणी नदी किनार, असोज २९ मा बुटवलको अमरपथमा रहेको टक्सार कम्प्लेक्स अगाडि र असोज ३० मा पोखराको हलन चोकमा फिल्म युनिटले विभिन्न प्रस्तुति दिन लागेको हो ।
षट्कोण आट्र्स प्रालिको व्यानारमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँ हुन् । फिल्ममा दीपक बज्राचार्यले छायांकन, मित्र डी.गुरुङको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण