मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

ठुलो पर्दामा डेब्यु गर्दै मोडल अनिता

मङ्गलबार, २५ असोज २०७९, १० : ४५
मङ्गलबार, २५ असोज २०७९

मोडल अनिता गिरि फिल्म अभिनयमा डेब्यु गर्ने भएकी छन् । उनी ‘द आउट लेयर’ फिल्म मार्फत ठुलो पर्दामा डेब्यु गर्न लागेकी हुन् । विक्की महर्जनको निर्माण रहने फिल्मको अहिले प्रिप्रोडक्सन कार्य भइरहेको छ । फिल्म छिट्टै घोषणा हुने गिरीले बताइन् । 

‘वैगुनीले गएको थियो छोडेर’, ‘सजाए तिम्रो माया’, ‘लगन जुर्यो घरबार हुनलाई’, ‘तिम्रो साथ’, ‘केयर गर्दैन, ‘तिमीलाई भुल्न’ लगायत दर्जनबढी म्युजिक भिडियो अभिनय गरिसकेकी गिरि खोटाङ सिम्पानीकी स्थायी बासिन्दा हुन् । 
खोटाङमा पुर्खेली घर भएपनि काठमाडौं कर्मथलो बनाउँदै आएकी उनी विगत ६ वर्षदेखि निरन्तर कला क्षेत्रमा काम क्रियाशील छिन् । 

सानैदेखि अभिनय र नृत्यमा रुचि भएकी उनले म्युजिक भिडियोमा अभिनयबाट थुप्रै अवार्ड समेत हात पारेकी छन् । ओडिनल, डेरिमिल्क, नेपाल आइस लगायतका थुप्रै विज्ञापनमा समेत अभिनय गरेकी उनीसँग बिभिन्न फेसन शोमा र्‍याम्प वाक गरेको समेत अनुभव छ । 

म्युजिक भिडियो र फेशन शोमा राम्रो जम्म सफल गिरी फिल्ममा भने कतिको जम्ने हुने त्यो भबिष्यले नै बताउँछ । तर उनी भने ठुलो पर्दामा पनि आफू जम्ने आशावादी रहेकी छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप