आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

सोह्रखुट्टेमा दुईजना युवकमाथि खुकुरी प्रहार

मङ्गलबार, २५ असोज २०७९, १८ : ४८
मङ्गलबार, २५ असोज २०७९

काठमाडौंको सोह्रखुट्टेमा दुईजना युवकमाथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट नितेश राई र छिरिङ लामा घाइते भएका छन् । घाइते हुनेहरू दरबारमार्गस्थित प्लाटिनम क्लबका बाउन्सर हुन् ।

मंगलबार बिहान ४ बजेतिर क्लबको ड्युटी सकेर डेरा जाँदै गरेका उनीहरूलाई मोटरसाइकल रोकेर ६–७ जनाको समूहमा आएकाहरूले आक्रमण गरेको प्रहरी वृत्त दरबारमार्गका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

खुकुरी प्रहारबाट नितेशको खुट्टामा गहिरो चोट लागेको छ । अनुसन्धानमा संलग्न एकजना अधिकृतका अनुसार नितेशको खुट्टाको पिँडुला नै काटिएको छ । उनीहरूको धापासीस्थित ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।

प्लाटिनम क्लब काभ्रेका अमित लामासहितका व्यक्तिहरुले संचालन गरेका हुन् । सो क्लबमा केही समयअघि बाउन्सरसँग झगडा गरेको आरोपमा दरबारमार्ग प्रहरीले ४ जनालाई पक्राउ गरेको थियो । भोलिपल्ट उनीहरू मिलापत्र गरेर छुटेका थिए । सोही समूहले बाउन्सरलाई पछ्याएर आक्रमण गरेको हुनसक्ने अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप