सोह्रखुट्टेमा दुईजना युवकमाथि खुकुरी प्रहार
काठमाडौंको सोह्रखुट्टेमा दुईजना युवकमाथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट नितेश राई र छिरिङ लामा घाइते भएका छन् । घाइते हुनेहरू दरबारमार्गस्थित प्लाटिनम क्लबका बाउन्सर हुन् ।
मंगलबार बिहान ४ बजेतिर क्लबको ड्युटी सकेर डेरा जाँदै गरेका उनीहरूलाई मोटरसाइकल रोकेर ६–७ जनाको समूहमा आएकाहरूले आक्रमण गरेको प्रहरी वृत्त दरबारमार्गका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
खुकुरी प्रहारबाट नितेशको खुट्टामा गहिरो चोट लागेको छ । अनुसन्धानमा संलग्न एकजना अधिकृतका अनुसार नितेशको खुट्टाको पिँडुला नै काटिएको छ । उनीहरूको धापासीस्थित ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।
प्लाटिनम क्लब काभ्रेका अमित लामासहितका व्यक्तिहरुले संचालन गरेका हुन् । सो क्लबमा केही समयअघि बाउन्सरसँग झगडा गरेको आरोपमा दरबारमार्ग प्रहरीले ४ जनालाई पक्राउ गरेको थियो । भोलिपल्ट उनीहरू मिलापत्र गरेर छुटेका थिए । सोही समूहले बाउन्सरलाई पछ्याएर आक्रमण गरेको हुनसक्ने अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण