प्रधानमन्त्री कार्यालयको दबाबमा आठ ट्रक सुपारी छाडियो
प्रधानमन्त्री कार्यालयको दबाबमा राजस्व अनुसन्धान कार्यालय इटहरीबाट आठ ट्रक सुपारी छोडिएको छ। प्रहरीले राजस्व कार्यालयमा बुझाएको दुई महिनापछि सुपारी छाडिएको हो। मोरङ प्रहरीले साउन ५ मा पक्राउ गरेर ८ गते राजस्व अनुसन्धान कार्यालय इटहरीलाई ८ ट्रक सुपारी बुझाएको थियो। राजस्वले असोज १३ गते सुपारी छाडि दिएको हो। राजस्व विभागले प्रधानमन्त्री कार्यालयको दबाब थेग्न नसकेपछि इटहरी कार्यालयलाई पत्राचार गरेर सुपारी छाडिएको जानकारी दिइयो।
कार्यालयका प्रमुख तीर्थराज खनालले राजस्व अनुसन्धान विभागले असोज १२ गते रोकिएका ट्रक गन्तव्यमा लैजान अनुमति दिनु भन्ने ब्यहोराको पत्र पठाएपछि छाडिएको जानकारी दिए । सुपारी छाड्न दबाबका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा केही राष्ट्रिय नेताले फोन गरेर दवाव दिएका थिए। तर, सम्भव नभएपछि प्रधानमन्त्री कार्यालयकै दवावमा महानिर्देशकको पत्रका आधारमा छाडिएको जनाइयो।
मोरङ प्रहरीले विराटनगर र जोगबनी भन्सारबाट जाँचपास भई भारतीय मार्गतर्फ जाँदै गरेको अवस्थामा ८ वटा ट्रकमा लोड गरिएको २ लाख १९ हजार ५९६ किलो सुपारी पक्राउ गरेर राजस्व अनुसन्धानमा बुझाएको थियो। तर अदालतले वादी घिमिरेका पक्षमा फैसला दिन नसक्ने सुइँको पाएपछि सुपारी कारोबारी समूह प्रधानमन्त्री कार्यालयसम्म पुगेको थियो। यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा पक्षीय नेतालाई चन्द्र भण्डारीले भने, ‘डेरा खोज्दै हिँड्ने होइन, सानेपामा आएर बहस गर्नुस्’
-
राति १० बजेदेखि नारायणगढ–मुग्लिङ–काठमाडौँ सडकखण्डमा सवारी आवागमन बन्द
-
यी पाँच प्रमुख पक्षले तय गर्नेछ विश्वकप २०२६ फाइनलको नतिजा
-
भारी वर्षाका कारण माइतघीर जलमग्न (तस्बिरहरु)
-
वीपी स्मृति दिवस मनाउन प्रकाशमान सिंहको संयोजकत्वमा समिति
-
महँगी र कालाबजारी नियन्त्रण गर्न देउवा समूहले गरायो सरकारको ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण