पैसाका लागि झुर ‘स्क्रिप्ट’ भएको फिल्म खेलेको छु : अभिनेता दयाहाङ

पैसा धेरै दियो, तर स्क्रिप्ट झुर छ भने फिल्म खेल्नुहुन्छ ? प्रश्नमा अधिकांश कलाकारको जवाफ हुन्छ, ‘खेल्दिनँ ।’ तर अभिनेता दयाहाङ राईले भने पैसाको लागि आफूले झुर स्क्रिप्ट भएको फिल्मसमेत अभिनय गरेको बताएका छन् ।
दयाहाङले आफ्नो यो कुरो रियालटी शो ‘कमेडी क्लब विथ च्याम्पियन’ मा खोलेका हुन् । गत शुक्रबार रिलिज फिल्म ‘२ नम्बरी’ प्रचारका लागि शोमा पुगेका राईलाई प्रस्तोताले ‘पात स्क्रिप्ट भएपनि पैसाकै फिल्म अभिनय गर्नुभएको छ ? भन्ने प्रश्नको जवाफमा उनले गरेको जवाफ दिएका हुन् ।
‘मलाई पैसा चाहिएको थियो । त्यसैले इमानदारीताका साथ भन्छु, स्क्रिप्ट झुर भएपनि अभिनय गरेको छु’ उनले शोमा भनेका थिए । शोमा दयाहाङ अभिनेत्री उगेन चोदेनसँग पुगेका थिए । उगेन ‘२ नम्बरी’को अभिनेत्री हुन् । थुप्रै हिट फिल्म दिएका राई जीवन्त अभिनय गर्ने अभिनेता पनि हुन् । मिलेको जिउडाल, गुड लुकिङ हुनुपर्छ भन्ने मान्यता समेत तोड्न सफल उनको ‘२ नम्बरी’ अगाडि ‘कबड्डी–४’ हिट भएको थियो ।
दयाहाङ पछिल्लो समयका निकै ब्यस्त अभिनेता पनि हुन् । उनलाई फिल्म खेलाउन निर्माताले अहिले कम्तिमा पनि ६ महिनादेखि एक बर्षसम्म कुर्नुपर्ने अवस्था छ । अहिले रिलिज भइरहेको ‘२ नम्बरी’ मा दयाहाङ र उगेको अलवा सौगात मल्ल, उपासना सिंह ठकुरी लगायतको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिवस धूमधाम, मजदुरको अवस्था उस्तै (तस्बिरहरू)
-
क्यानेडियन प्रतिद्वन्द्वीसँग स्तब्ध बन्दै उपाधि होडबाट बाहिरियो मेस्सी आबद्ध इन्टर मियामी
-
श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
कोशी प्रदेश : लगानी सम्मेलन आज उद्घाटन हुँदै
-
भारतको हवाई क्षेत्र पाकिस्तानी विमानका लागि बन्द
-
अमेरिका र युक्रेनबिच प्राकृतिक स्रोतसम्बन्धी सम्झौतामा हस्ताक्षर