शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सूर्यबाट बञ्चित भएका घनश्यामले पाए त्रिभुज चुनाव चिह्न

बुधबार, २६ असोज २०७९, १७ : ०२
बुधबार, २६ असोज २०७९

नेकपा एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले चुनाव चिह्न त्रिभुज पाएका छन् ।  पार्टी कमिटीबाट उम्मेदवारका रुपमा सिफारिस भएपनि एमाले अध्यक्षले भुसाललाई उम्मेदवार बनाएका थिएनन् । पार्टीले उम्मेदवार नबनाएपछि पार्टी परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी दिएका भुसाललाई निर्वाचन आयोगले त्रिभुज चुनाव चिह्न दिएको हो । 

‘लोकतन्त्र, सामाजिक न्याय र विकासको संगम त्रिभुज चुनाव चिह्न प्राप्त भएको छ’, भुसालले भने- ‘अब त्रिभुजमा भोट माग्न बाटो खुलेको छ ।’  भुसाललाई सत्ता गठबन्धनको समेत समर्थन रहने बताइएको छ । सो क्षेत्रमा एमालेले सचिव छविलाल विश्वकर्मालाई उम्मेदवार बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप