सूर्यबाट बञ्चित भएका घनश्यामले पाए त्रिभुज चुनाव चिह्न
बुधबार, २६ असोज २०७९, १७ : ०२
नेकपा एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले चुनाव चिह्न त्रिभुज पाएका छन् । पार्टी कमिटीबाट उम्मेदवारका रुपमा सिफारिस भएपनि एमाले अध्यक्षले भुसाललाई उम्मेदवार बनाएका थिएनन् । पार्टीले उम्मेदवार नबनाएपछि पार्टी परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी दिएका भुसाललाई निर्वाचन आयोगले त्रिभुज चुनाव चिह्न दिएको हो ।
‘लोकतन्त्र, सामाजिक न्याय र विकासको संगम त्रिभुज चुनाव चिह्न प्राप्त भएको छ’, भुसालले भने- ‘अब त्रिभुजमा भोट माग्न बाटो खुलेको छ ।’ भुसाललाई सत्ता गठबन्धनको समेत समर्थन रहने बताइएको छ । सो क्षेत्रमा एमालेले सचिव छविलाल विश्वकर्मालाई उम्मेदवार बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण