प्रतिनिधिसभातर्फ १४१ सिटमा एमालेको उम्मेदवारी
बुधबार, २६ असोज २०७९, २२ : २३
प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्ष निर्वाचनतर्फ नेकपा एमालेले १४१ क्षेत्रमा उम्मेदवारी दिएको छ । आसन्न निर्वाचनका लागि एमालेले जसपा नेपाल र राप्रपासँग केही सिटमा तालमेल गरेको छ ।
केही सिटमा भने एमालेले साना दललाई सघाउन उम्मेदवारी दिएको छैन । डडेल्धुरामा नेपाली कांग्रेस (बीपी) का उम्मेदवारलाई सघाउने गरी एमालेले उम्मेदवारी फिर्ता लिएको छ भने नवलपरासी–१ मा जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठीलाई सघाउने गरी एमालेले उम्मेदवारी नदिएको हो ।
उम्मेदवारी फिर्ताको समय सकिएपछि आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको हो । १६५ निर्वाचन क्षेत्रमा जम्मा दुई हजार ४१२ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण