सेयर रोक्का फुकुवाको सबै अधिकार धितोपत्र बोर्डलाई
नेपाल राष्ट्र बैंकले सेयर कारोबार रोक्का तथा फुक्काको अधिकारबाट हात झिकेको छ । पुँजी बजारको नियामक निकायको रुपमा धितोपत्र बोर्ड रहेकोले सेयर कारोबारसँग सम्बन्धित सबै विषय बोर्डले नै नियमन गर्ने गरी राष्ट्र बैंक पछि हटेको हो ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी विनियमावली २०७३ को पाँचौं संशोधन गर्दै मर्जर तथा एक्वीजीसनमा सेयर कारोबार रोक्का तथा फुकुवाको अधिकारबाट हात झिकेको हो । यसअघि मर्जर तथा एक्वीजीसनमा गएका बैंक वित्तीय संस्थाहरुको सेयर कारोबार राष्ट्र बैंकको तय गरे अनुसार रोक्का तथा फुकुवा हुने गरेको थियो ।
सेयर कारोबारको अधिकार आफूलाई दिन धितोपत्र बोर्डले पहल गरेको थियो । बोर्डको पहलप्रति राष्ट्र बैंक पनि सकारात्मक भएपछि विनियमावली नै संशोधन गरेर यस्तो अधिकार बोर्डलाई नै हुने व्यवस्था गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक स्याहार सुधार्ने बेलायती प्रधानमन्त्रीको प्रतिबद्धता
-
मोटोपनको सिकार भइरहेका छन् इटालीका बालबालिका ?
-
परराष्ट्र मन्त्रालयको गतिविधिले कूटनीतिक इतिहास लेख्न गाह्रो भयो : इतिहासविद् पोखरेल
-
अब धादिङबाट ७ मिनेटमै काठमाडौँ, तीन महिनासम्म निःशुल्क सञ्चालन
-
माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम
-
सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण