बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा यी हुन् ‘हेभी वेट’ उम्मेदवार, २०७४ मा निर्वाचित सबै सांसद फेरि मैदानमा

बिहीबार, २७ असोज २०७९, १९ : ०२
बिहीबार, २७ असोज २०७९

प्रतिनिधिसभातर्फ पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा केही ‘हेभी वेट’ नेता उम्मेदवार बनेका छन् । २०७४ को निर्वाचनमा विजयी भएका पाँचै जना फेरि उम्मेदवार बनेका छन् । तीमध्ये घनश्याम भुसालको भने निर्वाचन क्षेत्र परिवर्तन भएको छ ।

क्षेत्र नम्बर १ मा १२ स्वतन्त्रसहित २१ उम्मेदवार चुनावी मैदानमा छन् । यो क्षेत्रबाट २०७४ को निर्वाचनमा विजयी भएका छविलाल विश्वकर्मालाई नेकपा एमालेले फेरि मैदानमा उतारेको छ । अघिल्लो निर्वाचनमा एमालेबाटै रुपन्देही–३ बाट निर्वाचित घनश्याम भुसाल भने यो पटक क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवार बनेका छन् । उनलाई एमालेले टिकट नदिएपछि सत्तारुढ गठबन्धनले समर्थन गर्दै क्षेत्र नम्बर १ मा उम्मेदवार बनाएको हो । क्षेत्र नम्बर १ मा विश्वकर्मा र भुसाल ‘हेभी वेट’ नेताका रुपमा प्रतिस्पर्धामा उत्रिँदैछन् ।

यो क्षेत्रमा नेपाल मजदुर किसान पार्टीबाट तुल्सीराम धुख्वा, जनमत पार्टीबाट कैलाश गुरुङ, हाम्रो नेपाली पार्टीबाट विशाल वास्कोटा, नागरिक उन्मुक्ति पार्टीबाट धनीराम चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट राकेश बनियाँ, मंगोल नेशनल अर्गनाइजेसनबाट शिव बहादुर गुरुङ, राष्ट्रिय जनमुक्ति पार्टीबाट दल बहादुर थापा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट नरेश बहादुर पछाई क्षेत्री उम्मेदवार छन् ।

यस्तै स्वतन्त्रतर्फ सत्तारुढ गठबन्धनको समर्थनमा उम्मेदवार बनेका घनश्याम भुसालका अतिरिक्त टीकाराम जैसी चापागाई, दुर्गा पाण्डे, धनराज भुर्तेल, टिकामणि पुन, कमल पाण्डे, लीलामणि न्यौपाने, लक्ष्मण भण्डारी, कमल नाथ भुसाल, दिपक शर्मा, बिष्णु प्रसाद चौधरी कुर्मी, मातृका प्रसाद यादव पनि चुनावी मैदानमा छन् ।

क्षेत्र नम्बर २ मा ‘हेभी वेट’ नेताका रुपमा नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेल उम्मेदवार छन् । उनी २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी भएका थिए ।  सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि यो क्षेत्रमा गठबन्धनबाट कोही उम्मेदवार छैनन् । यद्यपि, गुरुङले उम्मेदवारी खारेजको विरुद्धमा कानुनी संघर्ष सुरु गरेका छन् ।

यो क्षेत्रमा नेपाल मजदुर किसान पार्टीबाट हरि सुन्दर बासी, मंगोल नेशनल अर्गनाइजेसनबाट दिपक थापा, राष्ट्रिय जनमुक्ति पार्टीबाट केशव बहादुर थापा मगर, नेपाली कांग्रेस (बीपी)बाट नमादेवी गौतम जैसी, नेपाल दलित पार्टीबाट  राजु शाही र राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पौडेल उम्मेदवार छन् ।

यो क्षेत्रमा सुरेन्द्र भारी, टोपनारायण पौडेल, रुपसिंह थापा, केशव बस्याल, विष्णु विश्वकर्मा, तुलसीराम यादव, तारा घिमिरे र प्रदिप ज्ञवाली स्वतन्त्र उम्मेदवार छन् । क्षेत्र नम्बर ३ मा २०७४ मा निर्वाचित सांसद भने यसपटक चुनावी मैदानमा छैनन् । यो क्षेत्रबाट २०७४ मा निर्वाचित घनश्याम भुसाल क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवार बनेका छन् ।

यो क्षेत्रमा नेपाली कांग्रेसबाट ‘हेभी वेट’ नेताका रुपमा गृहमन्त्री बालकृष्ण खाँण उम्मेदवार बनेका छन् । अघिल्लो निर्वाचनमा उनी समानुपातिकतर्फ थिए । यो क्षेत्रमा एमाले–राप्रपा गठबन्धनबाट राप्रपाका दीपक बोहरा उम्मेदवार बनेका छन् । 

यस्तै, नेपाल मजदुर किसान पार्टीबाट सरु विक, जनमत पार्टीबाट प्रमोद कुमार राउत, हाम्रो नेपाली पार्टीबाट प्रख्यात वन्जाडे, नागरिक उन्मुक्ति पार्टीबाट तुल्सी प्रसाद थारु, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट सरस्वती धोवी धवल, मंगोल नेशनल अर्गनाइजेसनबाट तेज कुमारी आले, गान्धीवादी पार्टी नेपालबाट लालबहादुर राना, राष्ट्रिय जनमुक्ति पार्टीबाट मोजीब अलि मुसलमान र राष्ट्रिय स्वतन्त्र पार्टीबाट जित बहादुर गुप्ता तेली यो क्षेत्रमा उम्मेदवार छन् ।

यहाँ राजीव शाही, गुडिया पथरकट्ट, देवराज न्यौपाने, नबाब मुसलमान, नारायण प्रसाद शर्मा, केशव विक्रम खडका, इशरात अली फकीर, घनश्याम भट्टराई, जिवकान्त काफ्ले, नरेश बहादुर क्षेत्री र रमेश गैरे स्वतन्त्र उम्मेदवार छन् ।

क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका प्रमोदकुमार यादव सत्तारुढ गठबन्धनका साझा उम्मेदवारका रुपमा मैदानमा छन् । उनी २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । यो क्षेत्रमा जनता समाजवादी पार्टी नेपालबाट ओमप्रकाश यादव उम्मेदवार बनेका छन् । उनलाई नेकपा एमालेले सघाउने देखिएको छ ।

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट सर्वेन्द्रनाथ शुक्ला, जनमत पार्टीबाट भोपेन्द्रप्रसाद यादव, नागरिक उन्मुक्ति पार्टीबाट सत्यदेव चौधरी, मंगोल नेशनल अर्गनाइजेसनबाट खिलबहादुर गाहा, राष्ट्रिय जनमुक्ति पार्टीबाट जौहर अली जोलहा र नेपाल जनता पार्टीबाट महेन्द्रनाथ सिंह राय यस क्षेत्रमा उम्मेदवार छन् ।

यो क्षेत्रबाट स्वतन्त्र उम्मेदवारका रुपमा अनूप कुमार यादव, अब्दुल जुबेर मुसलमान, जवाहर प्रसाद गडेरिया, दिलीप बरई र दिलिप कुमार यादव पनि चुनावी मैदानमा छन् । क्षेत्र नम्बर ५ मा नेकपा एमालेले बासुदेव घिमिरेलाई उम्मेदवार बनाएको छ । यो क्षेत्रमा नेपाली कांग्रेसका भरत कुमार शाह सत्ता गठबन्धनको उम्मेदवार बनेका छन् । २०७४को निर्वाचनमा समेत यसै क्षेत्रबाट विजयी भएका उनी ‘हेभी वेट’ नेताका रुपमा मैदानमा छन् ।

यो क्षेत्रमा नेपाल मजदुर किसान पार्टीबाट हिमलाल पाण्डे, जनमत पार्टीबाट चन्द्रशेखर सोनार, हाम्रो नेपाली पार्टीबाट भिष्म कुमार राना, मंगोल नेशनल अर्गनाइजेसनबाट पम्फा सिंजाली, राष्ट्रिय जनमुक्ति पार्टीबाट भैरबहादुर थापा मगर, जनसमाजवादी पार्टीबाट कृष्ण उपाध्या उम्मेदवार छन् ।

यहाँ शब्बीर अहमद खाँ, गोविन्द प्रसाद पाण्डेय, अव्वु हरेरा मुसलमान, भानुभक्त भण्डारी, केशवराज पौडेल, अब्दुल लजीम मुसलमान, कलिमुल्लाह मुसलमान, रामप्रसाद घिमिरे र सन्नी खानले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप