मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

बाटो बनाउनु मात्र विकास होइन : अभिनेता बस्नेत

बिहीबार, २७ असोज २०७९, २० : ४४
बिहीबार, २७ असोज २०७९

अभिनेता निश्चल बस्नेतले देश विकासका लागि सही मानिस चुन्नुपर्ने बेला आएको बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अभिनेता बस्नेतले देश निर्माणका लागि आगामी निर्वाचनबाट सही नेतृत्व चयन गर्नुपर्ने बताएका हुन् । 

उनले भने, ‘म राजनीतिमा चासो राख्छु तर बुझ्दिनँ । पछिल्लो समयमा चित्त बुझ्दो काम भएको छैन । कतिपयले पछिल्लो समय गरेका कामहरूले अहिले धेरै परिवर्तनहरू आइरहेका छन् । अहिले यसरी हामी बोल्न पाउनु, लोडसेडिङको अन्त्य हुनु भनेको कुलमान घिसिङ आउँदाको परिवर्तन हो । इच्छा शक्ति भएको मान्छे ठाउँमा पुग्यो भने काम गर्न सक्दो रहेछ । उदाहरण हो यो । सही व्यक्ति सही ठाउँमा पुग्नुपर्छ कुनै पनि चिज राम्रोसँग हुनका लागि । जो मान्छेले देश विकासको सम्भावना देखाउँछ, त्यो मान्छेलाई साथ दिएनौँ भने हामीलाई रुल गर्ने नालायकहरूले हुन्छ । हामीले हाम्रो नेतृत्वलाई खबरदारी गर्न सक्ने पोजिशनमा पुग्न जरुरी छ । सबै पार्टीले अवधारण ल्याउँछन्, बाटो, पानी ल्याउँछौँ, ग्याँस ल्याइदिन्छौँ, इन्टरनेट लगिदिने सुविधा दिन्छौँ भन्नुहोला, यो हामीले जन्मिने बित्तिकै पाइने कुरा हो । यो विकास होइन । पानी ल्याउने, बाटो बनाइदिने कुरालाई विकासमा गनेर हुँदैन । यो हाम्रो आधारभूत आवश्यकता हो । सरकार बनेकै राम्रो सुविधा दिनको लागि हो । जनताले गरिखान सक्ने ठाउँ उपलब्ध गराइदिनुस् आफैँ गरेर खान्छन् जनताले ।’

अभिनेता बस्नेतले निर्वाचनताका हरेक पार्टीहरुले देश विकासको नाममा बाटो निर्माण, पानी, ग्याँस, इन्टरनेका सुविधा दिने कुरा गरेको भन्दै यो कुरा सरकारले नागरिकलाई दिनैपर्ने अधिकार भएको बताए । उनले सरकारले जनतालाई गरिखान सक्ने वातावरण सिर्जना गरे हरेक नागरिकले काम गरेर जीवन यापन गर्न सक्षम रहेको दाबी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप