ह्याण्डबल : गण्डकीका दुवै टोली सेमिफाइनलमा
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ह्याण्डबलतर्फको प्रतिष्पर्धामा बिहीवार गण्डकी प्रदेशका महिला तथा पुरुष दुवै टोली अन्तिम चारमा प्रवेश गरेका छन् ।
बिहीवार बिहान नेपाली सेनाको त्रिभूवन आर्मी क्लब र गण्डकी बीचको प्रतिष्पर्धा बराबरीमा सकिएपनि गोल अन्तरका आधारमा गण्डकी र आर्मी अन्तिम चारमा प्रवेश गरेका हुन् । पोखरा रंगशाला बहुउद्देश्यीय कभर्ड हलमा भएको प्रतिष्पर्धामा २७–२७ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए ।
लिगको अन्तिम खेल खेलका दुवै टोलीले यसअघि समान ३÷३ खेलमा जित दर्ता गरेका थिए । गोलको आधारमा गण्डकी प्रदेश समूहको विजेता बन्दै सेमिफाइनल प्रवेश गर्दा आर्मी उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । यसअघि पुरुष तर्फको खेलमा एपिएफले सुदूरपश्चिमलाई २७–६ पराजित गरेको थियो । सेमिफाइनलमा अब गण्डकीले लुम्बिनी प्रदेशसँग भिड्नेछ भने अर्को सेमिफाइनल खेल दुई विभागीय टोली सशस्त्र प्रहरी र आर्मीबीच हुनेछ ।
महिला तर्फको प्रतिष्पर्धामा गण्डकीले लुम्बिनीलाई ३५–९ र प्रदेश १ ले मधेस प्रदेशलाई १९–४ सेमिफाइनल प्रवेश गरेका छन् । यसअघि एपिएफ र आर्मीले अन्तिम चारमा स्थान बनाएका थिए । फाइनल प्रवेशको लागि एपिएफले प्रदेश १ सँग खेल्दा गण्डकीले भने आर्मीको सामना गर्नेछ ।-न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक जना व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण