शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

धनकुटा नेविसंघ सभापति पार्टीबाट निष्कासित

शुक्रबार, २८ असोज २०७९, ०९ : ३७
शुक्रबार, २८ असोज २०७९

नेपाली कांग्रेस धनकुटाले नेपाल विद्यार्थी संघका जिल्ला सभापति बालनन्द दाहाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ ।

पार्टीको निर्देशन र अनुशासन विपरित कार्य गरेको भन्दै नेविसंघ जिल्ला सभापतिलाई कारवाही गरेको जिल्ला सभापति दिनेश राईले जानकारी दिए । उनका अनुसार दाहालले प्रदेशसभा निर्वाचनका लागि जिल्लाको क्षेत्र नं। २ बाट स्वतन्त्र उम्मेदवारी दिएको र आफनो उम्मेदवारी फिर्ता नलिएकाले साधारण सदस्यसमेत नरहने गरी निष्कासनको कारवाही गरिएको कांग्रेस जिल्ला सभापति राईले जानकारी दिए । 

पार्टीको अनुशासन विपरीत गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाले दाहाललाई केन्द्रको निर्देशनअनुसार कारबाही गरिएको राईको भनाइ छ ।

न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप