फ्राइडे रिलिज : ‘हिजोआजका कुरा’ सहित ५ फिल्म हलमा
आज शुक्रबारबाट फिल्म ‘हिजो आजका कुरा’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै यो फिल्म देशभर प्रदर्शनमा आएको हो । यद्यपि देशभरका फिल्म हल भने यसले मात्र पाएको छैन । योसँगै विदेशी फिल्म ‘डाक्टर जी’, ‘गडफादर’ र ‘कन्तारा’ तथा जापानको ‘वान पिस रेड’ समेत प्रदर्शनमा आएको छ ।
‘हिजो आजका कुरा’ साकार पन्तको निर्देशन रहेको फिल्म हो । नेपाल टेलिभिजनको हिट श्रृंखला ‘हिजो आजका कुरा’ को नामबाट निर्माण भएको यो फिल्ममा सन्तोष पन्त, रमा थपलिया, ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, दिव्यदेव पन्त, साकार पन्त, जयनन्दन लामा, रमेश अधिकारी, जेविका कार्की, विनायक कुईंकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, लक्ष्मी भुषाल, सविन शाक्य, मन्जु श्रेष्ठ, कमला रेग्मीलगायत कलाकारको अभिनय छ ।
त्यस्तै बलिउडको ‘डाक्टर जी’ पनि आजैबाट रिलिज भएको फिलम हो । आयुष्मान खुरानाका अभिनित ‘डाक्टर जी’ कमेडी बिषयमा निर्माण भएको हो । जंगली पिक्चर्सले निर्माण गरेको फिल्म अनुभूति काश्यपले निर्देशन गरेका हुन् ।
‘कन्तारा’ पनि आजैबाट प्रदर्शनमा आएको छ । ‘केजीएफ २’ का निर्माताले निर्माण गरेको यो फिल्म विश्वभर प्रदर्शनमा आएको हो । फिल्मको निर्देशन रिशव सेट्ठीले गरेका हुन् ।
सलमान खान र चिरञ्जीवीको अभिनय रहेको ‘गडफादर’ पनि आजैबाट नेपालमा रिलिज भएको छ । एप्पल इन्टरटेनमेन्टले निर्माण गरेको फिल्म ग्याङस्टरको कथावस्तु छ । यस्तै ‘वान पिस रेड’ जापानिज फिल्म हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण